3 years ago
August 11, 2022
एजेन्सी – दक्षिण अमेरिकी राष्ट्र चिलीका कीर्तिमानी गोलकर्ता एलेक्सिस सान्चेज फ्रान्सेली लिग वान क्लब मार्सेमा अनुबन्धित भएका छन् ।

इटालियन क्लब इन्टर मिलानले आपसी समझदारीमा सान्चेजको सम्झौता रद्ध गरेपछि उनी मार्सेमा अनुबन्धित भएका हुन् । मेडिकल र कागजी प्रक्रियापछि सान्चेजले बुधबार मार्सेसँग २ वर्षको सम्झौता गरेका हुन् ।
३३ वर्षीय सान्चेजले एक सिजन लोनसहित इन्टरमा तीन सिजन बिताउँदा १०९ खेलमा २० गोल र तीन उपाधि जितेका छन् । यद्दपि २०२१–२२ को सिजनमा भने सान्चेजले सिमोन इन्जाघीको प्रशिक्षणमा विरलै अवसर पाए । उनले गत सिजन इन्टरबाट सात खेलमा पहिलो रोजाईमा मौका पाउँदा ३९ खेलमा अवसर पाउँदा ९ गोल गर्न सफल रहे ।
सान्चेज २०२०–२१ को सिजनमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट इन्टरमा स्थायी खेलाडीको रुपमा अनुबन्ध भएका थिए । त्यसअघि उनले एक सिजन लोनमा इन्टरमै बिताएका थिए । त्यसयता इन्टरले सिरी ‘ए’सँगै सुपरकोपा इटालिया र कोपा इटालिया जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य रहेका थिए ।
सान्चेजले आफ्नो इन्स्टाग्राममा इन्टरसँगको आफ्नो समयको प्रतिविम्वित गर्दै क्लब र समर्थकलाई धन्यवाद दिएका छन् । ‘यहाँ मैले ११ वर्षपछि तीनवटा ट्रफी जितेर छोडेको छु । धन्यवाद र शुभकामना, छिट्टै भैटौला ।’ इन्टरले पनि सान्चेजलाई नयाँ गन्तव्यको शुभकामना दिएको छ । आफ्नो करिअरमा १७ उपाधि जितेका सान्चेजले चिलीबाट १४८ क्याप जित्दै ४८ गोल गरेका छन् ।
सान्चेजले चिलियन क्लब कोब्रेलोआबाट व्यवसायिक खेल करिअर शुरुवात गरेका थिए । त्यसपछि सान्चेजले चिलीकै कोलो कोलो, अर्जेन्टिनाको रिभर प्लेट, इटालीको उडिनेस, क्याटलान क्लब बार्सिलोना, इंग्लिस क्लब आर्सनल र म्यानचेस्टर युनाइटेडबाट खेलिसकेका छन् ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]