1 year ago
August 11, 2022
एजेन्सी – इंग्लिस क्लब ब्रेन्टफर्डले डेनिस विंगर मिक्केल डाम्सगार्डलाई इटालियन क्लब साम्पडोरियाबाट क्लबमा अनुबन्ध गरेको छ । ब्रेन्टफर्डले डाम्सगार्डलाई ५ वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । उनको अनुबन्ध रकम नखुलाइए पनि १५ मिलियन युरोमा आबद्ध भएको बुझिएको छ । डाम्सगार्ड जुलाई २०२० मा साम्पडोरियामा अनुबन्ध भएका थिए । त्यसयता उनले ४९ खेलमा दुई गोल […]
एजेन्सी – इंग्लिस क्लब ब्रेन्टफर्डले डेनिस विंगर मिक्केल डाम्सगार्डलाई इटालियन क्लब साम्पडोरियाबाट क्लबमा अनुबन्ध गरेको छ ।
ब्रेन्टफर्डले डाम्सगार्डलाई ५ वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । उनको अनुबन्ध रकम नखुलाइए पनि १५ मिलियन युरोमा आबद्ध भएको बुझिएको छ ।
डाम्सगार्ड जुलाई २०२० मा साम्पडोरियामा अनुबन्ध भएका थिए । त्यसयता उनले ४९ खेलमा दुई गोल गरेका छन् । गत समरमा भएको युरो २०२० को सेमिफाइनलमा २२ वर्षीय डाम्सगार्डले इंग्ल्यान्डविरुद्ध फ्रिकिकमा सनसनी पूर्ण गोल गरेपनि डेनमार्क अतिरिक्त समयमा २–१ ले पराजित भएको थियो ।
ब्रेन्टफर्डका प्रशिक्षक थोमस फ्रान्कले मिकेल ठुलो सम्भावना बोकेको खेलाडी रहेको र उनी क्लबमा फिट हुने बताएका छन् । गत वर्ष चोटका कारण उनी मैदान बाहिर रहे । उनले गत सिजन साम्पडोरियाका लागि ११ खेल मात्रै खेले । बेन मि, आरोन हिकी, केन लुइस पोटर र थोमस स्ट्रकोसापछि उनी यो समरमा ब्रेन्टफर्डमा आबद्ध हुने पाँचौ खेलाडी हुन् ।
ब्रेन्टफर्डले प्रिमियर लिगको आफ्नो पहिलो खेलमा लेस्टर सिटीसँग २–० पछि परेको स्थितिमा २–२ गोलको बराबरी खेल्दै अंकको खाता खोलिसकेका छन् ।
डाम्सगार्डले डेनमार्कका लागि १६ क्याप जित्दा ४ गोल गरेका छन् । डाम्सडार्डले १७ वर्षको उमेरमा एफसी नोर्ड्सल्यान्डबाट डेब्यु गर्दै व्यवसायिक खेल करिअर शुरु गरेका थिए ।
November 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत दशरथ रंगशालामा जारी खेलमा साविक विजेता काठमाडौं रेजर्स र एफसी चितवनले गोलरहित पहिलो हाफ खेलेका छन् । खेल प्रतिस्पर्धात्मक भएपनि कुनै टोलीले स्पष्ट मौका भने सिर्जना गर्न सकेका छैनन् । खेलको सुरुवातमै चितवनका विमल घर्ती मगरको थ्रु पासमा रफिक अमिनु पुग्नु अघि काठमाडौं गोलरक्षक अभिषेक […]
November 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत आजको खेलमा काठमाडौंं रेजर्स र एफसी चितवन खेल्दैछन् । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ । दुवै टोली आफ्नो दोस्रो खेल खेल्दैछन् । दुवै टोलीको पहिलो खेलको कथा भने फरक थियो । चितवनलाई धेरैले यस संस्करणको उपाधि दाबेदार मानेका छन् । तर पहिलो […]
November 27, 2023
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीका लागि गोलरक्षक किरण चेम्जोङले सबैभन्दा धेरै खेल खेलेका छन् । राष्ट्रिय टोलीको लागि १ सय खेल खेल्ने दुर्लभ उपलब्धि नजिक पुगेका उनी उमेरले ३४ वर्ष पुगिसकेका छन् । लामो समय किरणलाई राष्ट्रिय टोलीमा साथ दिएका विशाल श्रेष्ठ र विकेश कुथु पनि राष्ट्रिय टोलीबाट पछिल्लो समय बाहिर छन् । […]