default_image

3 years ago

August 11, 2022

बेन्जेमा बने रियल म्याड्रिडको दोस्रो सर्वाधिक गोलकर्ता

322 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमा स्पेनिस क्लब रियल म्याड्रिडको दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन् । युइएफए सुपरकप अन्तरगत जर्मन क्लब आइनट्राख्ट फ्रान्कफुर्टमाथि २–० को जित निकालेको खेलमा एक गोल गरेपछि उनी रियलको दोस्रो सर्वाधिक बनेका हुन् ।

रियलको दोस्रो सर्वाधिक गोलकर्ता बन्ने क्रममा हाल रियलको कप्तान रहेका बेन्जेमाले स्पेनिस लेजेन्ड राहुललाई एक गोलले पछि पारेका छन् । राहुलले ७४१ खेलमा ३२३ गोल गर्दा बेन्जेमाले ६०६ खेलमा ३२४ गोल पु¥याएका छन् । ३४ वर्षीय बेन्जेमा सन् २००९ यता रियलमा रहेका छन् । राहुलले १९९४ देखि २०१० सम्म रियलका लागि खेलेका थिए ।

सन् २०१८ मा रोनाल्डोले रियल म्याड्रिड छाडेपछि रियलमा बेन्जेमाले लगातार उच्च प्रदर्शन गर्दै आइरहेको छ । गत सिजन बेन्जेमाले ब्राजिली युवा विंगर भिनिसियस जुनियरसँगको समन्वयमा प्रभाव जमाइरहेको छ ।

रियलको सर्वाधिक गोलकर्ताको सुचीमा पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डो शीर्षस्थानमा रहेका छन् । रोनाल्डोले रियलबाट ४३८ खेलमा ४५० गोल गरेका छन् । रोनाल्डोले २००९ देखि २०१८ सम्म रियलका लागि खेल्दै रियलको सर्वाधिक गोलकर्ता बनेका हुन् ।

बेन्जेमाले गत सिजन नै तेस्रो स्थानमा रहेको अल्फ्रेडो डि स्टेफानोको कीर्तिमान तोडेका थिए । बेन्जेमा रोनाल्डोभन्दा १२४ गोलले पछि रहेको छ ।

बिहीबार राति भएको युइएफए सुपर कपको फाइनलमा रियल म्याड्रिडले फ्रान्कफुर्टलाई २–० ले पराजित गर्दै सिजनको पहिलो उपाधि जितेको छ । रियलको जितमा बेन्जेमासँगै डेभिड अलाबाले गोल गरेका थिए ।

च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताबीच सिजनको सुरुवात हुनुअघि सुपरकपमा खेल्ने प्रावधान छ । रियल च्याम्पियन्स लिग तथा फ्रान्कफुर्ट युरोपा लिगा विजेता हो । गत सिजन रियलले च्याम्पियन्स लिगसँगै ला लिगाको उपाधि जितेको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.