3 years ago
August 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को महिना हुने महिला साफ च्याम्पियनसिपका लागि टिकट दर निर्धारण गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी बैठकले दशरथ रंगशालामा भदौ २१ गते देखि असोज ३ गते सम्म हुने साफ च्याम्पिनसिपका लागि भिआइपीतर्फ ५ सय र साधारणतर्फ ३ सय रुपैयाँ तोकेको एन्फाका एक पदाधिकारीले जानकारी दिए ।
साफ च्याम्पियनसिपमा दक्षिणा एसियाका सातैं राष्ट्रका टोलीको सहभागिता रहनेछ । नेपालसहित श्रीलंका र भुटान समूह ‘बी’ मा छन् । समूह एमा साविक विजेता भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन् ।
कुमार थापा मुख्य प्रशिक्षक रहेको टोलीले दोस्रो चरणको ३५ खेलाडीलाई छनोट गरेको छ । यसअघि साफ च्याम्पियनसिपको पाँचौं संस्करण विराटनगरमा भएको थियो । त्यसको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । ५ संस्करणमा नेपाल ४ पटक फाइनलमा भारतसँग नै पराजित भएको थियो । सन् २०१५ मा भने नेपाल भारतसँग सेमिफाइनलमा रोकिएको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]