3 years ago
August 11, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले दशै लगत्तै नेपाल सुपर लिग (एनएसएल) आयोजनाका लागि मिति दिने तयारी गरिएको छ ।
एन्फाको निर्वाचनसँगै अन्यौलमा परेको एनएसएलको दोस्रो संस्करण सञ्चालनका लागि एन्फाले असोज २३ देखि मंसिर २ गते सम्मको मिति तोकेको छ । एन्फाको मिति अनुसार कोजाग्रत पूर्णिमाकै दिन एनएसएल सुरु हुनेछ ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी एन्फाको दोस्रो बैठकले एनएसएलका लागि मिति दिएको हो । तर एनएसएल र गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको मिति भने जुधेको छ । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गते सम्मका लागि तय भइसकेको छ । एनएसएल आयोजकसँग छलफलका लागि अध्यक्ष पंकजविक्रम नेम्वाङको संयोजकत्वमा समिति गठन भएको छ ।
गत वर्ष पहिलो पटक आयोजना भएको एनएसएलमा ७ टोलीको सहभागिता रहेको थियो । आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट मेनेजमेन्टले दोस्रो संस्करणका पुराना ७ र नयाँ ३ गरि १० टोलीको नाम यसअघि नै सार्वजनिक गरिएको छ । त्यस्तै खेलाडीको अक्सन समेत भइसकेपछि विवाद बढ्दै जाँदै एनएसएल हुने नहुने शंका बढेको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]