1 year ago
August 11, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले नवीन पाँडेलाई अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखबाट बर्खास्त गरेको छ । पहिलो बैठकबाट सर्वसम्मन अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त भएका पाँडैलाई एन्फाको दोस्रो बैठकले नै बुधबार बर्खास्त गरेको छ । एन्फा मुख्यालयमा बुधबार बसकेको कार्यसमितिको बैठकले पाँडेलाई अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखबाट हटाएर एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको सल्लाहकार मनोनयन गर्ने निर्णय […]
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले नवीन पाँडेलाई अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखबाट बर्खास्त गरेको छ । पहिलो बैठकबाट सर्वसम्मन अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त भएका पाँडैलाई एन्फाको दोस्रो बैठकले नै बुधबार बर्खास्त गरेको छ ।
एन्फा मुख्यालयमा बुधबार बसकेको कार्यसमितिको बैठकले पाँडेलाई अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखबाट हटाएर एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको सल्लाहकार मनोनयन गर्ने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिएका छन् । असार ६ गतेको निर्वाचित कार्यसमितिको पहिलो बैठकले पाँडेसँगै किरण राईलाई महासचिव र रविन्द्र जोशीलाई कोषाध्यक्षमा नियुक्त गरेको थियो ।
आफैले गरेको निर्णयपछि एन्फा कार्यसमितिका पदाधिकारी एवंम् सदस्यहरु पाँडेको विषयमा अलग अलग समूहमा बाडिएका थिए । साउन ५ गतेका लागि डाकिएको बैठक स्थगित हुनुमा पाँडेको विषय एउटा कारण थियो । बैठक स्थगित भएपछि वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित १२ जनाले पाँडेलाई बर्खास्त गर्न माग गर्दै निवेदन दर्ता गराएका थिए ।
पछि अर्को सदस्य रमेश बञ्जनकारपछि थपिएपछि पाँडेलाई हटाउन चाहनेको संख्या १३ पुगेको थियो । १९ सदस्यीय वर्तमान कार्यसमितिमा १३ जना पाँडेलाई बर्खास्त गर्नुपर्ने अडानमा उभिएपछि अध्यक्ष नेम्बाङ आफ्ना विश्वासपात्रलाई हटाउन राजी भएका छन् ।
September 24, 2023
एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केनको ह्याट्रिकको मद्दतमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा शनिबार शानदार विजय प्राप्त गरेको छ । बायर्नले बोचुमलाई ७–० ले पराजित गरेको थियो । बायर्न पुगेपछि उच्च प्रदर्शन गर्दै आएका केनले ह्याट्रिकसहित दुई असिस्ट पनि गरे । १३ औं मिनेटमा पहिलो गोल गरेका केनले ५४ औं मिनेटमा पेनाल्टीमा दोस्रो गोल गरे । […]
September 24, 2023
एजेन्सी – म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लगातार छैटौं जित निकालेको छ । साविक विजेता समेत रहेको शनिबार सिटीले नटिङ्घम फरेस्टलाई २–० ले हराएको हो । १० खेलाडीले सिमित रहँदा पनि सिटीलाई रोक्न नटिङ्घम असफल रह्यो । घरेलु मैदान इतिहाद रंगशाल टोलीलाई जित दिलाउन फिल फोडेन र एर्लिङ हाल्यान्डले गोल गरे । सातौं मिनेटमा फोडेनको […]
September 23, 2023
काठमाडौं – घरेलु टोली नेपालले काठमाडौंमा जारी साफ यू–१९ च्याम्पियनसिपमा सेमिफाइनलमा स्थान बनाउन अन्तिम खेलमा माल्दिभ्सलाई हराउनै पर्ने भएकोछ । शनिबार माल्दिभ्स र पाकिस्तानबीचको खेल १-१ को बराबरीमा सकिएसँगै नेपाललाई जित अनिवार्य बनेको हो । नेपाल पहिलो खेलमा बिहीबार पाकिस्तानसँग १–० गोल अन्तरले पराजित भएको थियो । समूह ए बाट पाकिस्तान २ खेलमा ५ अंकका […]