default_image

3 years ago

August 11, 2022

एन्फा तत्कालका लागि आन्तरिक विवाद मथ्थर गर्न सफल

254 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कार्यसमिति भित्र देखिएको विवाद तत्कालका लागि समाधान गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) सफल भएको छ । सबैभन्दा बढी विवाद भएको अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेलाई बर्खास्त गरेर अध्यक्ष पंकजविक्रम नेम्बाङको सल्लाहकारमा नियुक्त गर्ने निर्णयले विवाद मथ्थर हुने देखिएको छ ।

अर्को फिफाको १० वर्षे प्रतिबन्धमा रहेका एन्फाका पूर्व अध्यक्ष गणेश थापाका छोरा गौरवलाई सहायक महासचिव नियुक्त गर्ने विषय विवादको विषय थियो । त्यसलाई घुमाउरो पारामा सम्बोधन गर्ने क्रममा एन्फाले उपाध्यक्ष विराटजंग शाहीको संयोजकत्वमा पतपूर्ति समिति गठन गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको कार्यसमितिको दोस्रो बैठकले नेपाल सुपर लिग (एनएसएल) आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट्स म्यानेजमेन्टसँगको पुरानो सम्झौता खारेज गर्ने निर्णय गरेको छ । सँगै अध्यक्ष नेम्बाङको अध्यक्षतामा एनएसएल आयोजकसँग छलफल गर्नका लागि समिति गठन गरेको छ ।

बैठकले पूर्व अध्यक्ष नेरेन्द्र श्रेष्ठलाई मानार्थ अध्यक्ष र पूर्व उपाध्यक्ष किशोर राईलाई मानार्थ उपाध्यक्ष मनोनयन गरेको छ । निर्वाचन पूर्वकै सहमति अनुसार पूर्व केन्द्रिय सदस्य सुरेश शाह एन्फाको प्रवक्ता नियुक्त भएका छन् । बैठकपछि निर्णय सार्वजनिक गर्दै एन्फा महासचिव किरण राईले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीको जवाफ पछि आवश्यक निर्णय लिइने बताएका छन् । छानविन समितिले दिएको प्रतिवेदनका आधारमा राईले अल्मुताइरीलाई पत्र पठाएका छन् । अल्मुताइरीले आफ्ना वकिलसँगको परामर्शपछि एन्फालाई जवाफ पठाउने समामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

ए डिभिजन लिग पुसमा
एन्फाले यो वर्षका लागि सहिद स्मारक ए, बी, सी डिभिजन लिगको मिति तय गरेको छ । बैठकले ए डिभिजन लिग पुस ८ देखि चैत ४ सम्म सञ्चालन गर्ने तय गरेको छ। ए डिभिजन लिग सकिए लगत्तै चैत ६ देखि बी डिभिजन लिग सुरु हुनेछ । बी लिगका २०८० वैशाख १५ गते सम्पन्न हुनेछ ।

त्यस्तै सी डिभिजन लिग भने २०८० वैशाख १८ गतेबाट जेठ २७ गते सम्म आयोजना गर्ने एन्फाको योजना रहेको छ । गत वर्ष फागुनमा सम्पन्न ए डिभिजन लिगमा मछिन्द्र फुटबल च्याम्पियन बनेको थियो । त्यस्तै एन्फाले सी डिभिजन लिग भने असोज १ देखि असोज ३० गते सम्म आयोजना गर्ने निर्णय गरेको छ ।

एनएसएल दशै लगत्तै

नयाँ सम्झौता भएको खण्डमा एनएनएलको दोस्रो संस्करण दशै लगत्तै सुरु हुने भएको छ । एन्फाको निर्वाचनसँगै अन्यौलमा परेको एनएसएसको दोस्रो संस्करण सञ्चालनका लागि एन्फाले असोज २३ देखि मंसिर २ गते सम्मको मिति तोकेको छ । एन्फाको मिति अनुसार कोजाग्रत पूर्णिमाकै दिन एनएसएल सुरु हुनेछ ।

तर एनएसएल र गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको मिति भने जुधेको छ । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गते सम्मका लागि तय भइसकेको छ । गत वर्ष पहिलो पटक आयोजना भएको एनएसएलमा ७ टोलीको सहभागिता रहेको थियो । आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट मेनेजमेन्टले दोस्रो संस्करणका पुराना ७ र नयाँ ३ गरि १० टोलीको नाम यसअघि नै सार्वजनिक गरिएको छ । त्यस्तै खेलाडीको अक्सन समेत भइसकेपछि विवाद बढ्दै जाँदै एनएनएल हुने नहुने शंका बढेको थियो ।

महिला साफमा ५ सय र ३ सयको टिकट
एन्फाले अर्को महिला हुने महिला साफ च्याम्पियनसिपका लागि टिकट दर निर्धारण गरेको छ । दशरथ रंगशालामा भदौ २१ गते देखि असोज ३ गते सम्म हुने साफ च्याम्पिनसिपका लागि भिआइपीतर्फ ५ सय र साधारणतर्फ ३ सय रुपैयाँ तोकेको एन्फाका एक पदाधिकारीले जानकारी दिए । साफ च्याम्पियनसिपमा दक्षिणा एसियाका सातैं राष्ट्रका टोलीको सहभागिता रहनेछ । नेपालसहित श्रीलंका र भुटान समूह ‘बी’ मा छन् । समूह एमा साविक विजेता भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन् ।

बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल र हुमागाईं कार्यवहाक प्रशिक्षक
राष्ट्रिय फुटबल टोलीले दशरथ रंगशालामा असोज ११ गते बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने भएको छ । त्यसका लागि एन्फाले प्रदीप हुमागाईलाई राष्ट्रिय टोलीको कार्यवहाक प्रशिक्षक बनाउने निर्णय गरेको छ । अमेरिका बस्दै आएका हुमागाईले एक दशक अघि थ्री स्टार क्लबलाई लिग च्याम्पियन बनाएका थिए ।

गत वर्ष एनएसएलमा उनले ललितपुर सिटी एफसी क्लबको कमान सम्हालेका थिए । एनएसएलमा खराब सुरुवात गरेपछि ललितपुरले उनलाई बर्खास्त गरेको थियो । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले २६ खेलाडीलाई डाक्नका लागि एन्फालाई पत्राचार गरेको अवस्थामा एन्फाले हुमागाईंर्ला नियुक्त गरेको छ । हुमागाई एएफसी ए लाइसन्स प्राप्त प्रशिक्षक हुन् । राष्ट्रिय टोलीका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुनुपर्ने प्रावधान छ ।

एन्फा कार्यसमितिको दोस्रो बैठकको निर्णय ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.