3 years ago
August 12, 2022
एजेन्सी – एसियाली राष्ट्र कतारमा यसै वर्ष (२०२२) को अन्त्यतिर आयोजना हुने फिफा विश्वकप कतार २०२२ को उद्घाटन खेलको मिति परिवर्तन भएको छ ।

विश्वकपको उद्घाटन खेल एक दिन अगाडि सारिएको र यो काउन्सिल ब्युरोको सर्वसम्मतले निर्णय भएको विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले जनाएको छ ।
नयाँ मिति अनुसार आयोजक कतार र इक्वेडरबीच हुने उद्घाटन खेल २० नोभेम्वरमा हुनेछ । उक्त खेल अल बायत स्टेडियममा हुनेछ । यसअघि कतार विश्वकपको उद्घाटन खेलमा नोभेम्बर २१ मा हुने तालिका थियो । विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।
यस्तै इंग्ल्यान्ड र इरान, सेनेगल र नेदरल्यान्ड्स तथा अमेरिका र वेल्सबीचको खेल भने नोभेम्बर २१ मै हुनेछ । कतार विश्वकपमा ३२ राष्ट्रको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ ।
छनोट भएका राष्ट्रहरु
युरोप – जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इंग्ल्यान्ड, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड्स, पोर्चुगल, पोल्यान्ड र वेल्स
दक्षिण अमेरिका – ब्राजिल, अर्जेन्टिना, उरुग्वे र इक्वेडर
उत्तर तथा मध्य अमेरिका (कोन्काफ) – क्यानडा, अमेरिका, मेक्सिको र कोस्टा रिका
एसिया – कतार (आयोजक) इरान, दक्षिण कोरिया, साउदी अरेबिया, जापान र अष्ट्रेलिया
दक्षिण अफ्रिका – घाना, सेनेगल, ट्युनिसया, मोरोक्को र क्यामरुन
समुह विभाजन
समूह ‘ए’ – कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स
समूह ‘बी’ – इंग्ल्यान्ड, इरान, अमेरिका र वेल्स
समूह ‘सी’ – अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड
समूह ‘डी’ – फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया
समूह ‘ई’ – स्पेन, कोस्टा रिका, जर्मनी र जापान
समूह ‘एफ’ – बेल्जियम, क्यानडा, मोरोक्को र क्रोएसिया
समूह ‘जी’ – ब्राजिल, सर्विया, स्वीट्जरल्यान्ड र क्यामरुन
समूह ‘एच’ – पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]