3 years ago
August 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रशिक्षणमा रहेको यू १७ राष्ट्रिय फुटबल टोलीको दोस्रो चरणको छनोटमा ३० खेलाडी समेटिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
पहिलो चरणमा देशभरबाट छनोटमा भाग लिएका खेलाडीबाट पहिलो चरणमा ६० खेलाडी छनोट भएका थिए । अर्को चरणमा ४५ र शुक्रबार तेस्रो चरणमा ३० खेलाडी प्रशिक्षणमा राखिएको छ । उर्जन श्रेष्ठको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले खेलाडी छनोट गरेको हो ।
नेपाली युवा टोलीले एक महिनापछि श्रीलंकामा भदौं २० देखि भदौं २९ सम्म हुने यू–१७ साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछ । नेपाल रहेको समूह ‘बी’ मा भारत र भुटान रहेका छन् । नेपालले एएफसी यू १७ एसियाली छनोट पनि खेल्नेछ ।
तेस्रो चरणको छनोटमा परेका ३० खेलाडी
मुकेश घर्ती, रुविन बोगटी, कृशल मोक्तान, सिमन्ता थापा, युनिश मगर, सुवास मगर, युनिश बुढाथोकी, जनप्रकाश बम, निशान तामाङ, सिजल राई, मधु पौडेल, गौरव महर्जन, विक्रम तामाङ, हरिश भट्ट, लक्षु थापा, प्रशान्त लक्षम, निरोज कार्की, समिर तामाङ, धन सिंह विक, दीपक थापामगर, मानदेव पोखरेल, कुशल देउवा, मिराक लिङदेन, प्रितम कार्की, विनोद केसी, धिरज विके, सोहन स्याङ्तान, निराजन धामी, सरोज दलार्मी र समिर चन्द ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]