default_image

3 years ago

August 12, 2022

रोहित सम्मिलित टोलीको अर्काे हार

274 views

0 Bookmark

एजेन्सी – नेपाली पुरुष राष्ट्रिय टोलीका डिफेन्सिभ मिडफिल्डर रोहित चन्द सम्मिलित पेर्सिक केडेरी एफसीले इन्डोनेसियाको लिग वानमा खराव प्रदर्शनलाई निरन्तरता दिदा अर्काे हार बेहोरेको छ ।

पेर्सिकले घरेलु मैदानमा सुरुवाती अग्रता लिनका बावजुत बोर्नियो समरिन्डासँग २–१ को हार बेहोरेको हो । पेर्सिकको चौथो खेलमा यो तेस्रो हार हो । जितविहीन रहेको पेर्सिकले एक खेल बराबरी खेलेको छ ।

बोर्नियोको जितमा दुवै गोल म्याथिअस पाटोले गरे । पेर्सिकका युसुफ मेलानाको गोल सान्त्वना बन्यो । शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलको ६४औं मिनेटमा युसुफ मेलानाको गोलबाट पेर्सिकले सुरुवाती अग्रता लिएको थियो । तर, पेर्सिकको त्यो अग्रता दुई मिनेट पनि टिकेन ।

६६औं मिनेटमा म्याथिअस पाटोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि म्याथिअस पाटोले ७७औं मिनेटमा व्यक्तिगत र टोलीका लागि दोस्रो गाल गर्दै घरेलु टोली पेर्सिकविरुद्ध २–१ को पूनरागमन जित दर्ता गर्न सफल भयो । यस खेलमा रोहितले पुरा समय खेलेका थिए ।

यो नतिजापछि बोर्नियो समरिन्डाले चार खेलबाट ९ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । समान ९ अंक रहेपनि बोर्नियो एक खेल कम खेलेको मधुरा युनाइटेडसँग गोल अन्तरमा पछि र पेर्सिकावो १९७३ भन्दा अघि छ ।

पेर्सिक चार खेलबाट १ अंक जोडेर १६औं स्थानमा रहेको छ । पेर्सिकले पर्सिता र मुधरासँग हार बेहोर्दा भयानकारा एफसीसँग बराबरी १–१ गोलको बराबरी खेलेको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.