default_image

3 years ago

August 12, 2022

दिनेश स्मृति फुटबलको क्वाटरफाइनल समिकरण पूरा

266 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नमुना स्पोर्ट्स क्लबको आयोजनामा ललितपुरको गोदावारीमा शुक्रबारदेखि शुरु भएको १९औं संस्करणको दिनेश स्मृति गाइजात्रा कप फुटबल प्रतियोगिताको क्वाटरफाइनल समिकरण पूरा भएको छ ।

गोदावारी बसपार्कस्थित सेन्ट जेभियर फुटबल मैदानमा शुक्रबार भएको खेलमा आयोजक नमुना स्पोर्ट्स क्लब ‘ए’ ले सिर्जनशील युथ क्लबलाई १–० ले पराजित गरेको छ । यस्तै गोदावारी विकास युथ क्लबले नयाँबाटो युथ क्लबलाई २–० ले पराजित गरेको छ ।

यस्तै गोदावारी युनाइटेडले पहरी एफसीलाई १–० ले पराजित गरेको छ । नव समकालीन समाजले शान्तिवन युथ क्लबलाई ३–१ ले तथा लाकुर फुटसलले ड्रिमर एफसीलाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ । टौखेलले गतिशिल युथ क्लबलाई पेनाल्टीमा ५–४ ले पराजित गरेको छ ।

खालीबारी एफसीले आयोजक नमुना ‘बी’ लाई पेनाल्टीमै ५–३ ले तथा लास्टआउट खुमलटार आइटले नवसोच युथ क्लबलाई पेनाल्टीमै ५–४ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको छ ।

क्लबका अध्यक्ष डम्वर बहादुर स्याङ्तानले प्रतियोगिताको क्वाटरफाइनलदेखि फाइनल शनिबार हुने जानकारी गराए । यस्तै क्वाटरफाइनलमा पुगेर पराजित हुने ६ टोलीबाट पेनाल्टी सुटआउटमार्फत विजेता छिनोफानो गरिनेछ ।

विजेताले १० हजार रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ । एक दर्शकलाई ५ हजार रुपैया प्रदान गरिने आयोजकले जनाएको छ । नकआउटको आधारमा भएको प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ३० हजार रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले १५ हजार रुपैयाँ हात पार्नेछ ।

प्रतियोगिताको ललितपुर क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य नवराज सिलवालले उद्घाटन गरे । उद्घाटनको अवसरमा गोदावारी नगरपालिका वडा नम्वर ३ को वडा अध्यक्ष सानुराज घिमिरे, सेन्ट जेभियर स्कुलका प्रिन्सिपल फादर विजय तोपो, वडा नम्वर ३ का सदस्य सन्तोष कुँवर, संगिता तामाङ, सविना नेपाली, दीपक लामा, समाजसेवी श्रीराम आचार्य, गोदावारी मार्सल आर्ट्स प्रमुख तथा समाजसेवी चिन लामा, गोदवारी युनाइटेडका अध्यक्ष ध्रुव बस्नेत, जिल्ला फुटबल संघ ललितपुरको उपाध्यक्ष प्रविन थापा र क्लबका अधयक्ष डम्वर बहादुर स्याङ्तानलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितालाई सिरुपाते ट्राउन फार्म एन्ड रिसोर्ट, गोदावारी नगरपालिका, सनराइज बैंक, फ्रिडम एक्सपोर्ट बाराही विल्डर्स, लिनिङ नेपाल र विद्यासागर बोर्डिङ स्कुललगायतले प्रायोजन गरेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.