default_image

1 year ago

August 12, 2022

प्लेयर अफ द एयरको मनोनयन सार्वजनिक

एजेन्सी – करिम बेन्जेमा, थिबाउट कोर्टियस र केभिन डि ब्रुएने युइएफए प्लेयर अफ एयर २०२१÷२२ को शीर्ष ३ मा मनोनित भएका छन् । त्योसँगै वर्षका उत्कृष्ट प्रशिक्षक र महिला वर्षको उत्कृष्ट खेलाडीको पनि मनोनयन सार्वजनिक भएको छ । विजेताको नाम अगष्ट २५ मा इस्तानबुलमा हुने च्यम्पियन्स लिगको समूह चरणको उद्घाटनका अवसरमा घोषणा गरिनेछ । कार्लो […]

31 views

0 Bookmark

एजेन्सी – करिम बेन्जेमा, थिबाउट कोर्टियस र केभिन डि ब्रुएने युइएफए प्लेयर अफ एयर २०२१÷२२ को शीर्ष ३ मा मनोनित भएका छन् । त्योसँगै वर्षका उत्कृष्ट प्रशिक्षक र महिला वर्षको उत्कृष्ट खेलाडीको पनि मनोनयन सार्वजनिक भएको छ ।

विजेताको नाम अगष्ट २५ मा इस्तानबुलमा हुने च्यम्पियन्स लिगको समूह चरणको उद्घाटनका अवसरमा घोषणा गरिनेछ । कार्लो एन्सेलोटी, पेप ग्वार्डिओला र योर्गन क्लोप प्रशिक्षकतर्फको शीर्ष ३ मा मनोनित भएका छन् ।

प्लेयर अफ दी एयर

करिम बेन्जेमा (रियल म्याड्रिड र फ्रान्स)

बेन्जेमा सम्मिलित रियलले यो वर्ष १४ औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो । त्यो क्रममा १५ गोल गरेका बेन्जेमा मनोनयनको शीर्षस्थानमा रहेका छन् ।

थिबाउट कोर्टियस (रियल म्याड्रिड र बेल्जियम)

रियलको पहिलो रोजाईका गोलकिपर थिबाओट सम्मलित टोलीले ला लिगा र च्याम्पियन्स लिग उपाधि जितेको थियो । च्याम्पियन्स लिग फाइनलमा म्यान अफ दी म्याच प्रदर्शन गरेका थिबाउटले साडियो माने र मोहम्मद सलाहको आक्रमण रोकेका थिए ।

केभिन डि ब्रुएने (म्यानचेस्टर सिटी र बेल्जियम)

सिटीका मिडफिल्डर लगातार तेस्रो पटक वर्षको उत्कृष्ट खेलाडीको शीर्ष ३ मा पर्न सफल भएका छन् । प्रिमियर लिगमा पनि उनी प्लेयर अफ दी सिजन घोषित भएका थिए । पछिल्लो सात सिजनमा सिटीले चौथो पटक प्रिमियर लिग उपाधि जितेको थियो ।
शीर्ष १५ मा रहेका खेलाडी

नाम अंक

४. रोर्बेट लेवान्डोस्की (बार्यन म्युनिख, हाल बार्सिलोना र पोल्यान्ड) ५४

५. लुका मोड्रिच (रियल र क्रोएसिया) ५२

६. साडियो माने (लिभरपुल, हाल बार्यन र सेनेगल) ५१

७.मोहम्मद सहाल (लिभरपुल र इजिप्ट) ४६

८. केलियन एमबाप्पे (पिएसजी र फ्रान्स) २५

९. भिनिसियस जुनियर (रियल र ब्राजिल) २१

१०. भार्गिल भान डिक (लिभरपुल र नेदरल्यान्ड्स) १९

११. ब्रेर्नाडो सिल्भा (सिटी र पोर्चुगल) ७

१२. फिलिप कोस्टिक (इन्ट्रयाक्ट फ्रान्कफर्ट र सर्बिया) ७

१३. लोरेन्जो पिलिग्रिनी (रोमा र इटाली) ५

१४. ट्रेन्ट अलेक्जेडर अर्नाल्ड (लिभरपुल र इग्ल्यान्ड ) २

१५. फाबियोनो (लिभरपुल र ब्राजिल) १

वर्षका उत्कृष्ट प्रशिक्षक

कार्लो एन्सेलोटी (रियल)

गत सिजन रियल फर्केका एन्सेलोटीले टोलीलाई ला लिगा र च्याम्पियन्स लिग उपाधि दिलाएका थिए । प्रशिक्षकका रुपमा युरोपियन कप ÷च्याम्पियन्स लिग चौथो पटक जित्ने पहिलो प्रशिक्षक बनेका छन् ।

पेप ग्वार्डिओला (सिटी)

५१ वर्षे स्पेनिस प्रशिक्षक ग्वार्डिओलाले पछिल्लो ५ सिजनमा ४ पटक सिटीलाई प्रिमियर लिग उपाधि जिताएका थिए ।

योर्गन क्लोप (लिभरपुल)

जर्मन प्रशिक्षकको आगमनपछि लिभरपुलले उच्च प्रदर्शन गरेको छ । एएफ कप र लिग कप जितेका क्लोपको टोली प्रिमियर लिग र च्याम्पियन्स लिगमा उप विजेता बनेको थियो ।

September 25, 2023

फुटबल प्रशिक्षक कटुवाललाई मातृशोक

बिर्तामोड (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका सहायक प्रशिक्षक तथा पूर्वराष्ट्रिय खेलाडी प्रवेश कटुवाललाई मातृशोक परेको छ । सैनिक युथ क्लबका उपाध्यक्ष समेत रहेका कटुवालकी आमा ईन्द्रमाया कटुवालको आइतबार साँझ ७ बजे उपचारको क्रममा बिर्तामोडस्थित मनमोहन अस्पतालमा निधन भएको हो । उनी मिर्गाैलासम्बन्धी रोगबाट पीडित थिइन् । २०१५ सालमा जन्मिएकी ईन्द्रमायाका प्रवेश र गणेश […]

September 25, 2023

लिभरपुलको जित, चेल्सी भिल्लासँग पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुल विजयी हुँदा अर्को खेलमा चेल्सी भने पराजित भएको छ । लिभरपुलले वेस्ट ह्यामलाई ३-१ ले पराजित गर्दै चेल्सीले भने एस्टन भिल्लासँग १-० को साँघुरो हार बेहोर्यो । लिभरपुलका लागि मोहम्मद सालाह, डार्विन नुनेज र डिएगो जोटाले समान एक-एक गोल गरेका थिए । वेस्ट ह्यामका लागि […]

September 25, 2023

म्याड्रिड डर्बीमा एटलेटिको विजयी

एजेन्सी – स्पेनिश लालिगा अन्तर्गत प्रतिष्ठित म्याड्रिड डर्बीमा एटलेटिको म्याड्रिडले जित हासिल गरेको छ । एटलेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा एटलेटिको मड्रिडले आफ्नै सहरको प्रतिद्वन्द्वी रियल मड्रिडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । एटलेटिकोको जितमा अल्भारो मोराटाले दुई तथा एन्टोवान ग्रिजम्यानले एक गोल गरेका थिए। रियलका लागि टोनी क्रुसले एक गोल गरे। […]

Success

Thank you for your time.