3 years ago
August 13, 2022
एजेन्सी – खेलको अन्त्यतिर १२ मिनेटको अन्तरमा तीन गोल गर्दै बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा सानदार पूनरागमन जित निकालेको छ ।

डर्टमुन्डले १–० ले पछि परेको स्थिति उल्ट्याएर घरेलु टा्ली फ्रेइवर्गमाथि ३–१ को सानदार पूनरागमन जित निकालेको हो ।शुक्रबार राति भएको खेलमा डर्टमुन्डको पूनरागमन जितमा जेमी बेनो गेटेन्स, युसोउफा मौकाको र मारिअस वल्फले गोल गरे । फ्रेइवर्गका माइकल ग्रेगोरिट्सको गोल सान्त्वना बन्यो ।
युरोपा पार्कमा भएको खेलका डर्टमुन्डले घरेलु टोलीलाई लगातार दवावमा राखेपनि गोल खान पुगेको थियो । ३५औं मिनेटमा माइकल ग्रेगोरिट्सले गोल गर्दै फ्रेइवर्गलाई सुरुवाती अग्रता दिलाए । उनले म्याथिअस गिन्टरको पासमा गोल गर्न सफल भएका थिए ।
दोस्रो हाफमा पनि डर्टमुन्डको घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै लगातार दवाव बढाएपनि गोलको लासग ७७औं मिनेटमा कुर्नुपरेको थियो । जेमीले मौकाको पासमा गोल गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

८४औं मिनेटमा मौकाको जुलियन ब्रान्डको पासमा गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए । त्यसपछि ८८औं मिनेटमा मारिअस वल्फले गोल गर्दै डर्टमुन्डलाई सानदार पूनरागमन जित दिलाए ।
लगातार दोस्रो जितसँगै डर्टमुन्ड दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पहिलो हार बेहोरेको फ्रेइवर्ग ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको बायर्न म्युनिद ३ अंसहित दोस्रो स्थानमा रहेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]