default_image

1 year ago

August 13, 2022

मनीष बहाराइनको क्लबमा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर मनीष डाँगी बहराइनको क्लब इत्तेहाल अल रेफमा अनुबन्ध भएका छन् । क्लबले सामाजिक सञ्जालमा मनीषसँगको सम्झौताको तस्बिर सार्वजनिक गर्दै उनी आबद्ध भएको जनाएको छ । इत्तेहाद एमेच्योर क्लब भएको उल्लेख गरिएको छ । मछिन्द्र क्लबले गत वर्ष ए डिभिजन लिगको उपाधि रक्षा गर्दै मनीष टोलीका सदस्य थिए । […]

29 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर मनीष डाँगी बहराइनको क्लब इत्तेहाल अल रेफमा अनुबन्ध भएका छन् । क्लबले सामाजिक सञ्जालमा मनीषसँगको सम्झौताको तस्बिर सार्वजनिक गर्दै उनी आबद्ध भएको जनाएको छ ।

इत्तेहाद एमेच्योर क्लब भएको उल्लेख गरिएको छ । मछिन्द्र क्लबले गत वर्ष ए डिभिजन लिगको उपाधि रक्षा गर्दै मनीष टोलीका सदस्य थिए । नेपाल सुपर लिग भने उनले विराटनर एफसीबाट खेलेका थिए ।

राष्ट्रिय टोलीबाट १६ खेले खेल्ने क्रममा उनले २ गोल गरेका छन् । उनले सन् २०२१ मा इराकविरुद्धको मैत्रीपूर्ण खेलमा सिनियर टोलीमा डेब्यु गरेका थिए । त्यसयता उनी लगातार टोलीमा रहेका छन् ।

September 22, 2023

नागल्सम्यान जर्मनीको प्रशिक्षक नियुक्त

एजेन्सी – जर्मन राष्ट्रिय फुटबल टोलीको नयाँ प्रशिक्षकमा जुलियन नागल्सम्यानको अनुबन्ध भएका छन् । जर्मन फुटबल फेडेरेसनले शुक्रबार दिउँसो नागल्सम्यानलाई १० महिनाका लागि प्रशिक्षकको भूमिकामा अनुबन्ध गरेको हो । जर्मनीमै आयोजना हुने युरोपेली च्याम्पियनसिप २०२४ का लागि उनले जिम्मेवारी सम्हाल्ने भएका हुन् । कतारमा भएको विश्वकपमा समूह चरणबाट बाहिरिएको र पछिल्लो समय लगातार खराब नतिजापछि […]

September 22, 2023

महिला फुटबलमा नेपाल भिएतनामसँग पराजित

हाङ्गचौ (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १९ औं एसियाली खेलकुद अन्तर्गत समूह डी को पहिलो खेलमा भिएतनामसँग हार बेहोरेको छ । पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा भने २ गोल खाएसँगै २-० को हार बेहोरेको हो । भिएतनामका लागि ५३ औं मिनेटमा फाम हाइ एनले गोल गरेकी थिइन् । थि […]

September 22, 2023

एसियाडमा आज नेपालले महिला फुटबल र टेबल टेनिसमा प्रतिस्पर्धा गर्दै

हाङ्गचौ (हाम्रो खेलकुद) – एसियाली खेलकुदको १९ औं संस्करण अन्तर्गत उद्घाटन समारोहको अघिल्लो दिन नेपालले २ खेलको तीन स्पर्धामा सहभागिता जनाउँदैछ । नेपालले आज दिउँसो १:४५ बजे (स्थानीय समय ४ बजे) महिला फुटबलमा भिएतनामको सामना गर्दैछ । समूह डी मा रहेको नेपालले यसपछि जापान र बंगलादेशसँग खेल्नेछ । पुरुष फुटबलमा भने नेपालले सहभागिता जनाएको छैन […]

Success

Thank you for your time.