default_image

3 years ago

August 13, 2022

खुमलटारलाई दिनेश स्मृति फुटबल उपाधि

287 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लास्टआउट खुमलटार हाइटले १९औं संस्करणको दिनेश स्मृति गाइजात्रा कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

गोदावारी बसपार्कस्थित सेन्ट जेभियर फुटबल मैदानमा शनिबार भएको फाइनलमा गोदावारी युनाइटेड एफसीलाई २–० ले पराजित गर्दै खुमलटारले उपाधि जितेको हो ।

क्वाटरफाइनल र सेमिफाइनलमा पुगेर पराजित हुने ६ टोलीबीच भएको पेनाल्टी सुटआउटतर्फको उपाधि नव समकालीन समाजले जितेको छ । उसले फाइनलमा लाकुर फुटसललाई हराएको हो ।

उपाधिसँगै खुमलटारले ३० हजार रुपैयाँ हात पारेको छ । दोस्रो भएको गोदावारी युनाटेडले १५ हजार रुपैयाँ हात पार्नेछ । पेनाल्टीतर्फको विजेतानव समकालीन समाजले १० हजार रुपैयाँ प्राप्त गरेको छ । नव समकालीनका दिपेन राई उत्कृष्ट गोलरक्षक तथा विजयी टोली खुमलटारका सुवास तामाङ उत्कृष्ट गोलरक्षक चुनिए ।

विजयी टोली तथा खेलाडीलाई गोदावारी नगरपालिकाका उपमेयर मुना अधिकारी, गोदावारी नगरपालिका वडा नम्वर ३ का अध्यक्ष सानुराज घिमिरे, पुर्व रेफ्री सुदन सिलवाल, सनराइज बैंक टौखेल शाखाको शाखा प्रमुख कृपा महर्जन, क्लबका अध्यक्ष डम्वर बहादुर स्याङ्तानले पुरस्कृत गरे ।

नमुना स्पोर्ट्स क्लबको आयोजनामा नकआउटका आधारमा दुई दिने भएको प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको थियो । प्रतियोगितालाई सिरुपाते ट्राउन फार्म एन्ड रिसोर्ट, गोदावारी नगरपालिका, सनराइज बैंक, फ्रिडम एक्सपोर्ट बाराही विल्डर्स, लिनिङ नेपाल, विद्यासागर बोर्डिङ स्कुल र क्रिएसन एकेडेमीलगायतले प्रायोजन गरेको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.