default_image

3 years ago

August 14, 2022

मिलान र इन्टरको विजयी शुरुवात

230 views

0 Bookmark

एजेन्सी – साविकको विजेता एसी मिलान र उपविजेता इन्टर मिलानले नयाँ सिजनको इटालियन सिरी ‘ए’ मा विजयी शुरुवात गरेका छन् ।

एसी मिलानले घरेलु मैदानमा उडिनेसमाथि ४–२ को पूनरागमन जित निकालेको हो । मिलानोमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा एन्टी रेविचले दुई तथा थियो हर्नान्डेज र ब्राहिम डियाजले गोल गरे । उडिनेसका रोड्रिगो बेकाओ र एडम मसिनाले गोल फर्काए ।

खेलको दोस्रो मिनेटमा नै रोड्रिगोको गोलबाट मिलान पछि परेको थियो । १२औं मिनेटमा थियो हर्नान्डेजले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । १५औं मिनेटमा एन्टी रेविचले गोल गर्दै मिलानलाई २–१ को अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा एडाम मसिनाले गोल गर्दै खेललाई २–२ गोलको रोमाञ्चक स्थितिमा ल्याए ।

दोस्रो हाफको शुरुमै अर्थात ४६औं मिनेटमा ब्राहिम डियाजले गोल गर्दै मिलानलाई पुनः ३–२ को अग्रता दिलाए । त्यसपछि ६८औं मिनेटमा एन्टी रेविचले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै मिलानलाई सहज जित दिलाए । यो जितसँगै मिलानले ३ अंक जोडेर छ ।

अर्काे खेलमा इन्टर मिलानले लेचेलाई २–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ । इन्टरको जितमा रोमेलु लुकाकु डेन्जेल डेम्फ्रेजले गोल गरे । लेचेका असान सिसेको गोल सान्त्वना बन्यो ।

खेलको दोस्रो मिनेटमा नै रोमेलु लुकाकुको गोलबाट इन्टरले अग्रता बनाएको थियो । उनले माटियो डर्मिएनको पासमा गोल गरे । ४८औं मिनेटमा असान सिसेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको अन्तिम समयमा परिवर्तित खेलाडी डेन्जेलले गोल गर्दै इन्टरलाई नयाँ सिजनमा जितसहित सुखद् सुरुवात दिलाए । लोउटारो मार्टिनेजको पासमा गोल गरेका डेन्जेल ६८औं मिनेटमा माटियोको स्थानमा मैदान छिरेका थिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.