default_image

3 years ago

August 14, 2022

चेल्सी र टोटेनहम भिड्दै

261 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको दोस्रो चरण अन्तरगत आज (आइतबार) राति चेल्सी र टोटेनहमबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार रातको ९:१५ बजेपछि हुनेछ । चेल्सी र टोटेनहमबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । दुवै टोली लगातार दोस्रो जितको खोजीमा हुनेछन् । चेल्सीले पहिलो खेलमा एभर्टनलाई तथा टोटेनहमले साउथह्याम्पटनलाई हराएको थियो ।

घरेलु मैदानमा टोटेनहमविरुद्ध मैदान उत्रदा चेल्सी स्पष्टको जितको योजनासहित मैदान उत्रनेछ । टोलीसँग रहिम स्टर्लिङ, मासन माउन्ट, काई हाभर्टज, जर्गिन्हो, एनगोलो कान्टे, रिस जेम्स, थियागो सिल्भा, सिसर एज्पिलिक्वेटा, कलिडोउ कौलीवेली, मार्क कुकुरेला, बेन चिलवेल, क्रिस्टियन पुलिसिस र गोलरक्षक इडुआर्ड मेन्डी रहेका छन् ।

यता, टोटेनहम पनि घरेलु टोली चेल्सीलाई पराजित गर्ने लक्ष्यमा हुनेछ । टोलीसँग ह्यारी केन, ह्युङ मिन सन, डिजान कुलसेभ्स्की, पिएरे इमिल होएबिएर, इमर्सन रोयल, एरिक डाएर, क्रिस्टियन रोमेरो, बेन डेभिस र गोलरक्षक ह्युगो लोरिस रहेका छन् ।

चेल्सी सन् २०२० मा इएफएल कपको पेनाल्टीमा पराजित भएयताको सात खेलमा अपराजित छ । जसमा ५ जित र २ बराबरीको नतिजा रहेको छ । चेल्सी आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा रहँदा टोटेनहम चेल्सीसँगको जितविहीन यात्रा टुंग्याउने योजनामा हुनेछ ।

यि दुई टोलीबीचको पछिल्लो ३३ खेलको नतिजामा चेल्सी १८ खेलमा विजयी भएको छ । ५ खेल टोटेनहमले आफ्नो पक्षमा पार्दा १० खेल बराबरीमा सकिएको छ ।

यस्तै प्रिमियर लिगकै अर्काे खेलमा नटिङहम फरेस्ट र वेस्ट ह्याम युनाइटेडबीच राति ६:४५ बजे प्रतिस्पर्धा हुँदैछ । दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.