3 years ago
August 14, 2022
एजेन्सी – स्पेनिस ला लिगामा साविकको विजेता रियल म्याड्रिडले अल्मेरियासँग खेल्दै नयाँ सिजनको सुरुवात गर्दैछ । रियल र अल्मेरियाबीचको खेल नेपाली समयअनुसार राति १:४५ बजे हुनेछ ।

रियल घरेलु टोलीलाई हराउँदै नयाँ सिजनको पनि सुखद् सुरुवात गर्ने लक्ष्यमा हुनेछ । टोलीसँग लयमा रहेका कप्तान करिम बेन्जेमा, भिनिसिय जुनियर, रोड्रिगो, लुका मोड्रिच, इडेन हाजार्ड, इडुआर्डाे कामाभिंगा, क्यासमिरो, फेडे भाल्भेर्डे, फर्लान्ड मेन्डी, डेभिड अलाबा, इडर मिलिसाओ, ड्यानी कार्भाजल र गोलरक्षक थिवाउट कोर्टुवा रहेका छन् । यस्तै नाचो फर्नान्डेस, एन्टेनियो रुडिगर, लुकास भास्क्वेज, औरेलिएन चुआमेनी र मार्काे एसेन्सियो पनि टोलीमा छन् ।
यता, अल्मेरिया पनि रियललाई स्तब्ध पार्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा हुनेछ । टोलीसँग उमार सदिक, सामु, फ्रान्सिस्को पार्टिलो, लार्जी रामाजानी, लुकास रोबर्टन, एलेसान्द्रो पोजो र गोलरक्षक फर्नान्डो मार्टिनेज रहेका छन् ।
यि दुई टोली सातौंपटक भिड्न लागेका हुन् । पछिल्लो ६ खेलको नतिजामा रियलले ५ जित र एक बराबरीको नजिता निकालेको छ । रियल सोही अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा रहँदा अल्मेरिया पनि रियलसँगको जितविहीन यात्रा टुंग्याउने लक्ष्यमा हुनेछ ।
ला लिगाकै अर्काे खेलमा क्याडिज र रियल सोसिडाड तथा भ्यालेन्सिया र जिरोनाबीच प्रतिस्पर्धा हुनेछ । शनिबारको खेलमा बार्सिलोना रायो भालेकानोसँग बराबरीमा रोकिएपछि रियल म्याड्रिडसँग पहिलो सातामै बार्सिलोनाभन्दा अघि बढ्ने अवसर रहेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]