default_image

1 year ago

August 14, 2022

साफ यू–१७ – नेपालको पहिलो प्रतिद्धन्द्धी भुटान

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा आगामी भदौंमा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपमा नेपाली युवा टोलीले पहिलो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ । आयोजक दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार निकालेको खेल तालिका अनुसार नेपालले प्रतियोगिताको दोस्रो दिन भुटानसँग खेल्दै सुरुवात गर्नेछ । साफ यू–१७ च्याम्पियनसिप ५ देखि १४ सेप्टेम्वरसम्म श्रीलंकामा हुँदैैछ । पहिलो […]

74 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा आगामी भदौंमा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपमा नेपाली युवा टोलीले पहिलो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

आयोजक दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार निकालेको खेल तालिका अनुसार नेपालले प्रतियोगिताको दोस्रो दिन भुटानसँग खेल्दै सुरुवात गर्नेछ । साफ यू–१७ च्याम्पियनसिप ५ देखि १४ सेप्टेम्वरसम्म श्रीलंकामा हुँदैैछ ।

पहिलो दिन उद्घाटन खेलमा नेपाल रहेको समूह ‘बी’ को भुटान र भारतबीच प्रतिस्पर्धा हुनेछ । सोही दिन बंगलादेश र आयोजक श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।

सेप्टेम्वर ७ मा पहिलो खेलमा माल्दिभ्स र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । ९ सेप्टेम्वरमा समूह चरणको अन्तिम दिन ९ सेप्टेम्वरमा नेपालले भारतको सामना गर्नेछ । सोही दिन श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।

समूह चरणपछि शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछ । १२ सेप्टेम्वरमा समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता तथा समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेताबीच प्रतिस्पर्धा हुनेछ ।

सेमिफाइनलमा विजयी हुने टोलीले १४ सेप्टेम्वरमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको सबै खेलहरु रेसकोर्स इन्टरनेसनल स्टेडियममा हुनेछ ।

समूह ‘ए’ आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेका छन् । च्याम्पियनसिप भदौं २० गतेदेखि २९ गतेसम्म श्रीलंकामा आयोजना हुँदैछ ।

च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले झन्र्डै एक महिनाअघिबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खुल्ला छनोटमार्फत खेलाडी छनोट गरि प्रशिक्षण गरिरहेको छ । हाल तेस्रो चरणमा ३० खेलाडीले प्रशिक्षण गरिरहेका छन् ।

टोलीको मुख्य प्रशिक्षकमा ‘ए’ डिभिजनको थ्री स्टार क्लबका प्रशिक्षकसमेत रहेको उर्जन श्रेष्ठ रहेका छन् । गोलकिपिङ प्रशिक्षकमा प्रविन श्रेष्ठ रहेका छन् ।

November 28, 2023

अन्तिम समयमा दुई गोलसहित काठमाडौं र चितवनको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम समयमा बराबरी गर्दै काठमाडौं रेजर्सले एफसी चितवन विरुद्ध एक अंक हासिल गरेको छ । खेलको ८६औं मिनेटमा गोल खाएको काठमाडौंले थपिएको समयको दोस्रो मिनेटमा गोल गर्दै खेलमा नाटकीय बराबरी गरेको हो । ८६औं मिनेटमा नवयुग श्रेष्ठको बक्सको दायाँपट्टी बाट गरेको क्रस बक्स बायाँपट्टी विमलको खुट्टामा पुग्यो। उनले उत्सव राईको लागि […]

November 28, 2023

चितवन र काठमाडौं पहिलो हाफमा गोलरहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत दशरथ रंगशालामा जारी खेलमा साविक विजेता काठमाडौं रेजर्स र एफसी चितवनले गोलरहित पहिलो हाफ खेलेका छन् । खेल प्रतिस्पर्धात्मक भएपनि कुनै टोलीले स्पष्ट मौका भने सिर्जना गर्न सकेका छैनन् । खेलको सुरुवातमै चितवनका विमल घर्ती मगरको थ्रु पासमा रफिक अमिनु पुग्नु अघि काठमाडौं गोलरक्षक अभिषेक […]

November 28, 2023

काठमाडौं र चितवनको भिडन्त आज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत आजको खेलमा काठमाडौंं रेजर्स र एफसी चितवन खेल्दैछन् । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ । दुवै टोली आफ्नो दोस्रो खेल खेल्दैछन् । दुवै टोलीको पहिलो खेलको कथा भने फरक थियो । चितवनलाई धेरैले यस संस्करणको उपाधि दाबेदार मानेका छन् । तर पहिलो […]

Success

Thank you for your time.