default_image

3 years ago

August 14, 2022

भरत सेनाको क्याप्टेनमा बढुवा

372 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान भरत खवास सेनाको सह सेनानी (क्याप्टेन) मा बढुवा भएका छन् । भरत दश वर्ष अघि नेपाली सेनामा प्रवेश गरेका थिए ।

भरतलाई भद्रकालीस्थित सैनिक मुख्यालयमा आइतबार सैनिक वायु सेवाका प्रमुख उपरथी आशिष नरसिंह राणाले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । झण्डै डेढ दशकअघि राष्ट्रिय टोलीमा डेब्यू गरेका भरत बंगलादेशविरुद्ध अर्को महिना स्वदेशमा हुने मैत्रीपूर्ण खेलका लागि आइतबार राष्ट्रिय टोलीको प्रशिक्षणमा समेटिएका छन् । उनी प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको आगमनपछि टोलीमा परेका थिएनन् ।

भरतले आजको दिन आफ्नो लागि भाग्यशाली भएको बताए । ‘आजै बढुवा भए । आजै राष्ट्रिय टोलीमा पूनरामगनको मौका पाए । यो मेरो लागि भाग्यशाली दिन हो,’ उनले भने,‘ राष्ट्रिय टोलीको त क्याप्टेन भइसकेको थिए । सेनाको पनि भए । अब फुटबलमा आफूलाई फेरि एक पटक प्रमाणित गर्नुपर्नेछ । हाम्रो परिवारलाई आज साह्रै खुसी छ ।’

सहायक सेनानीबाट सेनामा प्रवेश गरेका भरत २०७२ सालमा उप सेनानीमा बढुवा भएका थिए । भरत त्रिभुवन आर्मी फुटबल क्लबको पनि कप्तान रहँदै आएका छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.