3 years ago
August 14, 2022
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको लन्डन डर्बीमा चेल्सी र टोटेनहम हट्सपरले २-२ को रोमान्चक बराबरी खेलेका छन् । घरेलु टोली चेल्सीले दुई पटक अग्रता लिएपनि खेल जित्न सकेन ।

चेल्सीका लागि कालिडु कौलिबाली र रिस जेम्सले अग्रता दिलाउँदा टोटेनहमका पिएर एमिल होएबिएर र ह्यारी केनले बराबरी गोल फर्काए । चेल्सीले खेलको अधिकांश समय बल पोसेसन र आक्रमणमा पकड जमाएपनि टोटेनहमले खेलको अन्तिम मिनेटमा बराबरी गोल फर्काएको थियो ।
स्टामफर्ड ब्रिजमा भएको खेलको औं मिनेटमा कौलिबालीले सुन्दर गोल गर्दै घरेलु टोलीलाई अघि बढाए । उनले मार्क कुकुरेलाको कर्नरलाई पेनाल्टी क्षेत्र भित्रबाट सिधै भलीमा गोल गरेका थिए । चेल्सीले पहिलो हाफमा थप अवसर सिर्जना भएपनि गोल थप्न भने सकेन ।

दोस्रो हाफको ६८ औं मिनेटमा स्पर्स होएबिएरको गोलसँगै खेलमा फर्कियो । कप्तान जर्जिन्होले पेनाल्टी क्षेत्र भित्रबाट बल फुस्काएपछि बेन डेभिसको पासमा होएबिएरले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक एडुआर्ड मेन्डीले जोगाउन सकेनन् । उक्त गोलपछि दुवै टोलीका प्रशिक्षकबीच टेक्निकल बक्समा भनाभन हुँदा तनावको स्थिति सिर्जना भएको थियो । रेफ्रीले दुवैलाई पहेंलो कार्ड पनि देखाए ।
७७ औं मिनेटमा चेल्सीले जेम्सको गोलमा अग्रता लियो । रहिम स्टर्लिङको पासमा जेम्सले पेनाल्टी क्षेत्र भित्रबाट शक्तिशाली प्रहारमा गोल गरे । चेल्सी जितनजिक पुगेको अवस्थामा इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गर्दै केनले स्पर्सलाई अंक दिलाए । इभान पेरिसिचको कर्नरमा केनको हेडर गोल भएको थियो ।

खेल सकिएपछि हात मिलाउने क्रममा दुई प्रशिक्षकबीच पुन: भनाभन हुँदा मैदानमा तनावपूर्ण स्थिति बनेको थियो । दुवै टोलीका खेलाडी र अफिसियल समेत भनाभनमा जोडीन पुगे । रेफ्रीले अन्त्यमा दुवै प्रशिक्षकलाई रातो कार्ड देखाए ।
यस बराबरीसँगै दुवै टोलीको २ खेलमा ४ अंक भएको छ । टोटेनहम अंक तालिकाको चौथो स्थानमा तथा चेल्सी सातौंमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]