default_image

3 years ago

August 15, 2022

केनद्वारा अगुएरोको कीर्तिमान बराबरी

263 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डको राष्ट्रिय फुटबल टोलीका कप्तान तथा टोटेनहम हट्सपरका फरवार्ड ह्यारी केनले इंग्लिस प्रिमियर लिगमा अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोको कीर्तिमान बराबर गरेका छन् ।

आइतबार चेल्सीविरुद्ध खेलको इन्ज्युरी समयमा बराबरी गोल गर्दै केनले टोलीका लागि महत्त्वपूर्ण एक अंक दिलाए । यसक्रममा उनले प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने सूचीमा अगुएरोसँग बराबरी गरेका छन् । २९ वर्षीय फरवार्डले टोटेनहमका लागि १ सय ८४ गोल गर्दै म्यानचेस्टर सिटीका पूर्व फरवार्डसँग बराबरी गरेका हुन् ।

दुवै जना अब लिगमा एकै क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडी समेत बनेका छन् । समग्रमा केन र अगुएरो सर्वाधिक गोलकर्ता सूचीको चौथो स्थानमा छन् । तेस्रो स्थानमा रहेका एन्डी कोलको १ सय ८७ गोल रहेको छ । सर्वाधिक गोल गर्ने कीर्तिमान भने एलन शिअररको नाममा रहेको छ । उनले न्युकासल र ब्लाकबर्न रोभार्सबाट खेल्दै २ सय ६० गोल गरेका थिए । वायन रुनीले एभर्टन र म्यानचेस्टर युनाइटेडका लागि २ सय ८ गोल गरेका छन् ।

केनले गत सिजन १७ गोल गरेका थिए । त्यसअघिको सिजनमा भने केन २३ गोलसहित गोल्डेन बुट जित्न सफल रहेका थिए । उनी पछिल्लो ८ सिजनमा लिगको शीर्ष ६ गोलकर्तामा पर्दै आएका छन् । उनले यसबीचमा हरेक सिजन कम्तिमा १७ गोल गरेका छन् ।

केनले हालसम्म प्रिमियर लिगको २ सय ८१ खेलमा १ सय ८४ गोल गरेका छन् । समग्रमा उनले क्लबका लागि ३ सय ८८ खेलमा २ सय ४९ गोल गरेका छन् । उनले त्यसअघि लोनमा रहेर तल्लो श्रेणीका क्लबमा खेल्दा १६ गोल गरेका थिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.