default_image

3 years ago

August 15, 2022

मैत्रीपूर्ण खेलको तयारी – राई र डंगोल प्रशिक्षण टोलीमा

371 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशविरुद्ध असोजमा हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा युगलकिशोर राई र गोलकिपर प्रशिक्षकमा विनोद डंगोललाई नियुक्त गरेको छ ।

युगलकिशोर राई र विनोद डंगोल ।

दशरथ रंगशालामा असोज ११ गते हुने बंगलादेशबीच मैत्रीपूर्ण खेलका लागि राईलाई सहायक र डंगोललाई गोलकिपर प्रशिक्षकको जिम्मेवारी दिइएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । राईले गत वर्षको लिगमा हिमालयन शेर्पा क्लबलाई प्रशिक्षण दिएका थिए । राष्ट्रिय टोलीका पूर्व स्ट्राइकर समेत रहेका राईको प्रशिक्षणमा धनगढी एफसी गत वर्ष नेपाल सुपर लिग (एनएसएल) को फाइनल पुगेको थियो ।

मनाङ मस्र्याङ्दी क्लबका पूर्व गोलकिपर डंगोलले भने लिगमा मनाङकै गोलकिपर प्रशिक्षक रहेका थिए । राष्ट्रिय टोलीको प्रशिक्षणको औपचारिक मिति भने तय हुन बाँकी रहेको प्रवक्ता शाहले बताए । एन्फाको साउन २६ गते बसेको केन्द्रिय समितिको दोस्रो बैठकले प्रदीप हुमागाईलाई कार्यवहाक प्रदीप हुमागाईंलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । नेपाल बाहिर रहेका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले २६ खेलाडीलाई प्रशिक्षणमा डाक्न एन्फालाई अनुरोध गरेपनि एन्फाले आइतबार ४० खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएको थियो ।

सहायक प्रशिक्षक नियुक्त भएको सोमबार नै जानकारी पाएको उल्लेख गर्दै राईले भने,‘ पहिला राष्ट्रिय टोलीमा पर्नका लागि खेलाडीको रुपमा मिहिनत गरिन्थ्यो । अहिले काम गर्दै जाँदा राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी पाएको छ । यसलाई अवसरको रुपमा लिएको छु । हुमागाई अनुभवी प्रशिक्षक हुनुहुन्छ उहाँसँग नि केहि सिक्ने मौका मिल्छ भन्ने आशा छ ।’

राईले धनगढीलाई प्रशिक्षण दिदा हुमागाईले भने एनएसएलमा ललितपुर सिटी एफसीको प्रशिक्षक थिए । उनको नेतृत्वमा टोलीले सन्तोषजनक प्रदर्शन गर्न नसकेपछि बर्खास्त गरेको थियो । यद्दपी उनले बर्खास्त अघि आफूले राजीनामा दिइसकेको दाबी गरेका थिए ।

झापा भद्रपुर घरमा रहेका राईले व्यक्तिगत कारणले केहि दिन ढिला राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल हुने जानकारी एन्फालाई गराएको बताएका छन् । हुमागाईंले युवा र अनुभवी खेलाडी समेट्दै ४० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् । टोलीमा अब्दुल्लाह अलमुताइरीले बाहिर राखेका कप्तान किरण चेम्जोङसहितका खेलाडी समेत समावेश रहेका छन् ।


राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा बोलाईका ४० खेलाडी

गोलरक्षक– किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डर – अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दीनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रञ्जित धिमाल, निशान खड्का, अमित तामाङ, राजन गुरुङ

मिडफिल्डर – संजोक राई, पुजन उपरकोटी, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, सुदीप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरज ज्यु ठकुरी, सुभाष गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अन्जन विष्ट

फरवार्ड– विमल घर्तिमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्जप्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल, भरत खवास

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.