3 years ago
August 16, 2022
एजेन्सी – फुटबलको नयाँ सिजन सुरु भएको केहि साता मात्र हुँदैछ । तर पेरिस सेन्ट जर्मेन (पिएसजी) को ड्रेसिङ रुममा भने विवादले ठाँउ पाएको छ । यद्दपी पहिलो खेलमा फ्रेन्च च्याम्पियनले मोन्टपिलियसलाई ५–२ ले हराएको थियो ।

पिएसजीले उक्त खेल सहजै जितेपनि खेलमा नेयमार र केलिएन एमबाप्पे एकअर्कासँग खुसी थिएनन् । खेलका दौरान एक समय फ्रान्सेली युवा स्टार एमबाप्पे कुद्दाकुद्दै रोकिएका थिए । कारण नेयमारले उनलाई पास दिएनन् । त्यो भिडियो क्लिप अहिले भाइरल भइरहेको छ ।
खेलमा दोस्रो पेनाल्टी हान्नका लागि एमबाप्पेले नेयमारसँग सोधेका थिए । उनी पहिलो प्रयासमा गोल गर्न असफल भएपछि नेयमारले आफैं पेनाल्टी हाने र गोल गरे । त्यसपछि एमबाप्पेलाई टोलीको पेनाल्टी लिने पहिलो खेलाडी तोकेकोमा समर्थकले आचोलना गरेका छन् ।

नेयमार र एमबाप्पेको विषयमा क्लबले हस्तक्षेप गर्ने
टोलीको अवस्था बिग्रनु अघि नै पिएसजीको नेतृत्वले अहिलेको अवस्थालाई मथ्थर पार्न कोसिस गर्ने भएको छ । टोलीका प्रशिक्षक क्रिटोफे गाल्टिएर र खेलकुद सल्लाकार लुइस काम्पोसले यो साता दुवै फरवार्डसँग भेट्ने सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुले टोलीको राम्रोको लागि दुवैलाई सहकार्यका लागि अनुरोध गर्ने बताइएको छ ।
केहि सञ्चारमाध्यमका अनुसार क्लबले एमबाप्पेलाई पिएसजी प्रोजेक्टको केन्द्रमा राखेकोले नेयमार मात्र होइन लियोनल मेस्सी पनि खुसी छैनन् । सम्झौता नविकरणका समयमा पिएसजीले उनलाई महत्वका साथ राजी गराइएको थियो । नेयमार पिएसजीको नेतृत्वसँग खुसी नरहेकै बताइन्छ । त्यसले पनि नेतृत्वले उनीसँग भेट्न चाहिरहेको छ ।

December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]