9 years ago
December 19, 2016
स्पेन (एजेन्सि) – लुइस स्वारेजको दुइ गोलको मद्धतले बार्सिलोनले घरेलु मैदानमा इस्प्यानोललाई ४-१ ले हराएको छ । जित पछी बार्सिलोना मड्रीड भन्दा १ खेल धेरै खेल्दै ३ अंकको दुरिमा छ ।

पहिलो हाल्फमा १८ मिनेटमा बार्सिलोनाको लागी स्वारेजले गोल गर्दै घरेलु टोलिलाई अग्रता दिलाएका थिए । दोस्रो हाल्फमा स्वारेजले पुन: गोल गरे भने अलबा र मेस्सिले पनि १-१ गोल गरे । डेभिड लोपेजले पाहुना टोलिलाई ३-० ले पछी परेको बेला गोल त गरे तर ९० मिनेटमा मेस्सिले गोल गर्दै बार्साको जित सहज बनाएका थिए ।
दोस्रो हाल्फमा मेस्सिले कैंयौ पटक आफ्नु जादु प्रदर्शन गरे । इस्प्यान्योलका ४ डिफेन्डरहरुलाई छक्याउदै स्वारेजलाई दिएको बललाई स्वारेजले सजिलै गोलमा परिणत गरेका थिए । त्यस्तै अलबको गोलमा पनि मेस्सिको उस्तै योगदान रह्यो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]