3 years ago
August 16, 2022
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राती भएको खेलमा उपाधि दावेदार लिभरपुल घरेलु मैदानमा क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ । दोस्रो हाफमा १० खेलाडीमा सिमित लिभरपुल १-१ को बराबरी खेल्दै लगातार दोस्रो खेलमा हारबाट जोगियो ।

पाहुना टोली प्यालेसले खेलमा सुरुवाती अग्रता लिएको थियो । ३२ अौं मिनेटमा विलफ्रिड जाहाले गोल गर्दै प्यालेसलाई अघि बढाए । उनले अफसाइड ट्र्याप बिट गर्दै सुन्दर फिनिस गरेका थिए ।
दोस्रो हाफको ५७ अौं मिनेटमा लिभरपुल १० खेलाडीमा समेटियो । यसै सिजन क्लबमा आएका फरवार्ड डार्विन न्युनेजले सिधै रातो कार्ड पाए । जोएचिम एन्डरसनलाई हेडबट (टाउकोले हानेपछि) उनी मैदान छाड्न बाध्य भए ।

न्युनेज बाहिरिएको ४ मिनेटपछि लिभरपुलले बराबरी गोल गर्यो ।लुइस डियाजले एकल प्रयासमा उत्कृष्ट गोल गर्दै टोलीलाई खेलमा फर्काए । उनले बायाँ विंगमा ४ खेलाडी बिट गर्दै पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोल भएको थियो ।
त्यसपछि जाहाको प्रहार पोस्टमा लाग्दा प्यालेस अघि बढ्न चुकेको थियो । थप गोल नहुँदा लिभरपुल लगातार दोस्रो खेल बराबरीमा रोकिन पुग्यो । पहिलो खेलमा टोली फुल्हमसँग २-२ को बराबरीमा रोकिएको थियो ।
लिभरपुल २ खेलमा २ अंकसहित दोस्रो स्थानमा छ । प्यालेस अंकको खाता खोल्दै १६ अौं स्थानमा अवस्थित छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]