default_image

3 years ago

August 16, 2022

डि मारिया चम्कँदा युभेन्ट्सको सानदार सुरुवात

258 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी विंगर एन्जल डि मारियाले एक गोलसँगै एक असिस्ट दिएपछि युभेन्ट्सले नयाँ सिजनको इटालियन सिरी ‘ए’ मा सानदार सुरुवात गरेको छ ।

घरेलु मैदानमा सस्सुलोलाई ३–० ले पराजित गर्दै युभेन्ट्सले सुखद् सुरुवात गरेको हो । घरेलु मैदानमा युभेन्ट्सको सहज जितमा डुसान भ्लाहोभिचले दुई तथा एन्जल डि मारियाले गोल गरे ।

एलिएन्ज स्टेडियम टोरिनोमा सोमबार राति भएको खेलको २६औं मिनेटमा डि मारियाको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता लिन सफल भएको थियो । डि मारियाले युभेन्ट्सका लागि सिरी ‘ए’ को डेब्यु खेलमै एलेक्स सान्द्रोको पासमा गोल गर्न सफल भएका थिए ।

४३औं मिनेटमा भ्लाहोभिचले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे । पेनाल्टी बक्समा जियान मार्काे फेररारीले भ्लाहोभिचलाई नै फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै युभेन्ट्सलाई पेनाल्टी प्रदान गर्दा उनी चुकेनन् ।

५१औं मिनेटमा भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सलाई ३–० ले अघि बढाए । भ्लाहोभिचले यसपटक डि मारियाको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्ट्स विजयी हुन सफल रह्यो ।

यो जितसँगै युभेन्ट्सले ३ अंक जोडेको छ । सस्सुलो अंकविहीन छ । सिरी ए कै अर्काे खेलमा नेपोलीले हेलास भेरोनालाई ५–२ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.