default_image

3 years ago

August 16, 2022

हुमागाई आएपछि राष्ट्रिय टोली प्रशिक्षणको मिति तय हुने

230 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कार्यवहाक मुख्य प्रशिक्षक प्रदीप हुमागाई स्वदेश आइपुगेपछि मात्र राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणको मिति तय हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

अमेरिका बस्दै आएका हुमागाई बुधबार नेपाल आइपुग्ने बताइएको छ । ‘कार्यवहाक मुख्य प्रशिक्षक हुमागाई जी भोली (बुधबार ) आइपुग्नुहुन्छ,’ एन्फाका प्रवक्ता सुरेश शाहले भने,‘ त्यसपछि छलफल गरेर प्रशिक्षण सुरु गर्ने मिति तय गर्ने छौं ।’

असोज ११ गते बंगलादेशविरुद्ध हुने खेलका लागि एन्फाले साउन २६ गते हुमागाईलाई कार्यवहाक प्रशिक्षक नियुक्त गरेको थियो । जबकी नेपाल बाहिर रहेका टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीको विषयमा भने एन्फाले कुनै निर्णय गरेको छैन ।

कतार फुटबल संघको सहयोगमा नियुक्त भएका अल्मुताइरीले पछिल्लो पटक कुवेतमा भएको एसियन कप छनोटका दौरान नेपाली टोलीको नेतृत्व गरेका थिए । छनोट पछि कुवेतमै रहेका अल्मुताइरी तीन महिनाको विदामा रहेको बताइएको छ । एन्फाले उनका बारेमा निर्णय लिने जिम्मेवारी महासचिव किरण राईलाई दिएका छ । राईले अहिले अल्मुताइरी यथास्थितिमा रहेको बताएका छन् ।

मैत्रीपूर्ण खेलका लागि अल्मुताइरीले २६ खेलाडीलाई प्रशिक्षणमा डाक्न एन्फालाई अनुरोध गरेको थियो । तर पछि हुमागाईको सिफारिसमा एन्फाले आइतबार ४० खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएको थियो । छनोटमा युवा र अनुभवी खेलाडीलाई समेटिएको छ । अलमुताइरीले बाहिर राखेका कप्तान किरण चेम्जोङसहितका खेलाडी प्रारम्भिक छनोटमा परेका छन् ।

राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा बोलाईका ४० खेलाडी

गोलरक्षक– किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डर – अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दीनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रञ्जित धिमाल, निशान खड्का, अमित तामाङ, राजन गुरुङ

मिडफिल्डर – संजोक राई, पुजन उपरकोटी, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, सुदीप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरज ज्यु ठकुरी, सुभाष गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अन्जन विष्ट

फरवार्ड– विमल घर्तिमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्जप्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल, भरत खवास

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.