default_image

2 years ago

August 16, 2022

रोनाल्डो र युनाइटेड : क्लबले जान दिने, विकल्प भने छैन

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई अन्तत: क्लब छाड्न दिने निर्णय गर्ने भएको छ । रोनाल्डोको आगमनसँगै टोलीमा आन्तरिक समस्या बढेको भन्दै क्लब नेतृत्वले रोनाल्डोबारे आफ्नो धारणा परिवर्तन गर्ने भएको हो । प्रि-सिजनमा अनुपस्थित रोनाल्डोले टोलीबाट एक मैत्रीपूर्ण खेल मात्र खेलेका थिए । उक्त मैत्रीपूर्ण खेलमा पनि रोनाल्डो विवादबाट टाढा रहन […]

236 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई अन्तत: क्लब छाड्न दिने निर्णय गर्ने भएको छ । रोनाल्डोको आगमनसँगै टोलीमा आन्तरिक समस्या बढेको भन्दै क्लब नेतृत्वले रोनाल्डोबारे आफ्नो धारणा परिवर्तन गर्ने भएको हो ।

प्रि-सिजनमा अनुपस्थित रोनाल्डोले टोलीबाट एक मैत्रीपूर्ण खेल मात्र खेलेका थिए । उक्त मैत्रीपूर्ण खेलमा पनि रोनाल्डो विवादबाट टाढा रहन सकेनन् । ओल्ड ट्राफर्डमा रायो भालेकानोसँग मैत्रीपूर्ण खेल खेल्दा रोनाल्डो लगायत केही खेलाडी दोस्रो हाफ चलिरहँदा मैदान छाडेर बाहिरिएका थिए । खेलमा सुरुवात गरेका रोनाल्डो कमजोर प्रदर्शनपछि दोस्रो हाफमा परिवर्तन भएका थिए ।

दोस्रो हाफमा खेल्न नपाएपछि रोनाल्डो र त्यस दिनको खेलका लागि टोलीमा नरहेका केही खेलाडी मैदान छोडेर गएको खुलासा भएको थियो । त्यसो त रोनाल्डोले प्रि-सिजनमा म्यानचेस्टर युनाइटेडको अष्ट्रेलिया भ्रमण र प्रशिक्षण नै छुटाएका थिए । रोनाल्डोले क्लब छाड्न चाहेपनि उनलाई लिन इच्छुक क्लब नहुँदा उनी पुन: प्रशिक्षणमा सामेल भएका थिए ।

टेन हाग रोनाल्डो क्लबमा आउँदा आफू खुसी रहेको बताइरहेका थिए । तर पछिल्लो केही सातायता भने उनको धारणामा पनि परिवर्तन आएको छ । रोनाल्डोले टोलीभित्र वातावरणमा असर गरेको बुझाइ युनाइटेडको नेतृत्वले बुझेको छ । प्रि-सिजनमा रोनाल्डो नहुँदा उत्कृष्ट प्रदर्शन गरेको युनाइटेड एकपछि अर्को बिर्सनलायक नतिजा दिइरहेको छ ।

गत सिजन रोनाल्डोको व्यक्तिगत प्रदर्शन भने राम्रो थियो । उनी प्रिमियर लिगको सर्वाधिक गोलकर्ता सूचीमा तेस्रो स्थानमा थिए भने युनाइटेडका लागि पहिलो थिए । तर यो सिजन प्रिमियर लिगको दुवै खेलमा युनाइटेड पराजित हुँदा उनको प्रदर्शन बिर्सनलायक रहेको छ । टेन हागको रणनीतिमा उनी फिट नभएको चर्चा पनि छ ।

रोनाल्डोसँग म्यानचेस्टर युनाइटेडमा लामो समय खेलेका फरवार्ड वायन रुनीले पनि आफ्नो पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डोलाई क्लबले अन्यत्र जाने दिनुपर्ने अभिव्यक्ति दिएका छन् । रुनीले रोनाल्डो युनाइटेडका लागि सहि खेलाडी भएपनि दिर्घकालिन योजना बनाउने हो भने उनलाई जान दिनुपर्ने बताए । ‘मलाई लाग्छ युनाइटेडले रोनाल्डोलाई जान दिनुपर्छ । रोनाल्डोले टेन हागको टोलीमा खेल्न सक्दैनन् भन्ने होइन । उनी जुनसुकै टोलीमा खेल्न सक्छन्,’ रुनीले भने ।

‘रोनाल्डोले गोल पनि गर्छन् । तर मेरो व्यक्तिगत बुझाइ मान्नुहुन्छ भने रोनाल्डो भएपनि युनाइटेड उपाधिको दावेदार बन्न सक्दैन । बरु उनीविना टोली निर्माण गरेर केही समयमा उपाधि होडमा आउने टिम बन्न सक्छ ।’

युनाइटेडका सर्वाधिक गोलकर्ता रहेका रुनीले टेन हागले आफ्नो खेल्ने शैली स्थापित गरेको हेर्ने चाहना गरेका छन् । ‘मैले टेन हागको योजना कस्तो छ बुझ्न सकिरहेको छैन । टेन हागले खेलाडीमा आफ्नो शैली अनुसारको पहिचान खोजिरहेका छन् । आशा गरौं उनले आफ्नो शैली अनुसार खेल चाडै प्रस्तुत गर्नेछन्,’ उनले भने ।

रुनीको यो भनाइजस्तै युनाइटेडले पनि अब रोनाल्डोलाई अन्य क्लबबाट प्रस्ताव आए जान दिने मनस्थिति बनाएको छ । बिबिसीका अनुसार क्लबका शीर्ष पदाधिकारीले रोनाल्डोको ट्रान्सफरबारे बजार बुझ्न थालिसकेका छन् । तर रोनाल्डोको तलब र उनको उमेरका कारण युरोपका शीर्ष क्लब उनलाई लिन मानिरहेका छैनन् । रोनाल्डो च्याम्पियन्स लिग खेल्न चाहन्छन् र उनलाई अनुबन्ध गर्ने सम्भावना रहेका क्लब पछि हटिसकेको स्थिति छ ।

रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेसले पोर्चुगिज फरवार्ड अनुबन्ध गर्न चेल्सी, बायर्न म्युनिख, एटलेटिको म्याड्रिड लगायत क्लबलाई सम्पर्क गरेपनि प्रारम्भिक छलफलभन्दा प्रक्रिया अघि बढ्न सकेन । चेल्सीका नयाँ मालिक टड बोहलीसँग भने छलफल केही अघि बढेको थियो । बोहली पनि चेल्सीमा आगमनपछि सुपरस्टार अनुबन्धनका रुपमा रोनाल्डो भित्र्याउन चाहन्थे । तर प्रशिक्षक थोमस टुचेलले रोनाल्डो अनुबन्धन नगर्न सुझाव दिएपछि क्लबले रहिम स्टर्लिङलाई रोज्यो । टुचेलले ३७ वर्षीय रोनाल्डो आफ्नो योजनामा नअट्ने बताएका थिए ।

त्यसअघि रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेसले बायर्न म्युनिखसँग पनि ट्रान्सफरबारे छलफल गरेका थिए । सुरुवातमा दुई क्लबबीच छलफल भएपनि अन्त्यमा बायर्न पछि हटेको थियो । बायर्नका बोर्ड सदस्य तथा पूर्व गोलरक्षक ओलिभर कानले सार्वजनिक रुपमा यसको खुलासा गरेका थिए ।

‘मलाई रोनाल्डो मनपर्छ । उनी इतिहासकै उत्कृष्ट खेलाडीमा पर्छन् । तर उनको उमेर ३७ वर्ष पुगेको छ । हाम्रो क्लबको सिद्धान्त अनुसार उनलाई अनुबन्ध गर्नु ठिक हुँदैन,’ कानले भनेका थिए ।

एटलेटिको म्याड्रिड र रोनाल्डोको नाम जोडिएर संचारमाध्यममा खबर आएपछि एटलेटिकोका समर्थकले उनलाई आफ्नो क्लबमा स्वागत नभएको भन्दै प्रदर्शन नै गरेका थिए । क्लबका समर्थकले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा ‘सीआर७ नट वेलकम’ अर्थात रोनाल्डोलाई स्वागत छैन लेखिएको ब्यानर नै राखेका थिए । यसबाहेक रोनाल्डोलाई संकेत गर्दै अन्य प्लेकार्ड पनि समर्थकले देखाएका थिए ।

यसैपनि आर्थिक अवस्थाका कारण ट्रान्सफर बजारमा एट्लेटिको आक्रमक देखिएको छैन । रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेसको एटलेटिकोसँग सम्बन्ध राम्रो रहेकोले उनले प्रारम्भिक छलफल गरेका थिए । तर उक्त चर्चा स्पेनी सञ्चारमाध्यममा आएपछि एटलेटिकाको अध्यक्ष इन्रिके केरेजोले त्यसबारे बोल्नु नै पर्यो । उनले भने,‘ मलाई थाहा छैन रोनाल्डोको बारेमा कसरी कथा तयार भयो । तर व्यवहारिक रुपमा हेर्ने हो भने उनी हाम्रो क्लब आउने सम्भावना छैन ।’

यसबाहेक रोनाल्डोलाई साउदी अरबबाट पनि निकै ठूलो रकमसहितको प्रस्ताव आएको थियो । उनलाई साउदी अरबको एक क्लबले ३ सय मिलियन युरोको प्रस्ताव राखेको खबर आएको थियो । नाम खुलासा नभएको उक्त क्लबले ३० मिलियन ट्रान्सफर रकम स्वरूप म्यान्चेस्टर युनाइटेडलाई, २ सय ५० मिलियन रोनाल्डोलाई दुई वर्षको तलब स्वरूप र २० मिलियन रोनाल्डोको एजेन्ट समुहलाई दिने प्रस्ताव गरेको थियो ।

रोनाल्डो व्यक्तिगत रुपमा कम्तिमा यो सिजन युरोपको शीर्ष लिग नै खेल्न चाहन्छन् । यसै वर्षको अन्त्यमा हुने फिफा विश्वकप २०२२ कतारका लागि उनी उच्च लयमा खेलिरहन चाहेका छन् । दुई सिजनको २ सय ५० मिलियन रकम निकै ठूलो भएपनि रोनाल्डो युरोपमा रहने अडानमा छन् । हाल रोनाल्डोले युनाइटेडबाट वार्षिक ३२ मिलियन युरो मात्र बुझ्ने गरेका छन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.