3 years ago
August 16, 2022
एजेन्सी – इंग्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडले रियल म्याड्रिडका मिडफिल्डर क्यासेमिरोलाई अनुबन्ध गर्न प्रस्तावको तयारी गरेको छ ।

प्रिमियर लिगमा पहिलो पटक सुरुवाती दुई खेल हारेको युनाइटेड नयाँ प्रशिक्षकको आगमनले पनि खासै परिवर्तन ल्याएको छैन । प्रि-सिजनका सुरुवाती खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि युनाइटेडले लिगको सुरुवाती दुवै खेलमा तुलनात्मक रुपमा कमजोर टोलीसँग हार बेहोरेको छ । नयाँ प्रशिक्षक एरिक टेन हाग त्यसैले निकै दबाबमा छन् ।
टेन हागको आगमनपछि युनाइटेडले खेलाडी अनुबन्धनमा पनि तीव्रता दिएको छ । तर टोलीले चाहेजस्तो मिडफिल्डर भने अनुबन्ध गर्न सकेको छैन । बार्सिलोनाका फ्रेंकी डे जोङलाई अनुबन्ध गर्न प्रस्ताव गरेपनि खेलाडीले क्याटलान क्लब नछोड्ने अडान लिए । अब युनाइटेडको ध्यान रियल म्याड्रिडका क्यासेमिरोमा मोडिएको छ ।

क्यासेमिरो रियल म्याड्रिडमा पहिलो रोजाइका खेलाडी हुन् । उनको र प्रशिक्षक कार्लो एन्सेलोटिको सम्बन्ध पनि निकै राम्रो छ । तर उमेरले ३० वर्ष पुगेका क्यासेमिरोको विकल्पमा रियलसँग अन्य खेलाडी पनि छन् । म्याड्रिडले यसै ट्रान्सफर विन्डोमा ८० मिलियन युरो खर्चेर फ्रान्सका युवा मिडफिल्डर ओरेलिएन चुआमेनीलाई अनुबन्ध गरेको छ । त्यसबाहेक लुका मोड्रीच, टोनी क्रुस, फेडे भालभर्डे, एडुआर्डो कामाभिन्गा र ड्यानी सेबालोस टोलीमा छन् ।
सन् २०१३ मा मात्र ६ मिलियन युरोमा रियल आएका क्यासेमिरोले रियलमा आफ्नो पकड बलियो बनाएका छन् । उनले लोनमा पोर्टो पुगेर टोलीमा आफ्नो स्थान बनाएका थिए । रियलले उनलाई छोड्ने सम्भावना निकै कम छ । तर मोटो रकमको प्रस्ताव आएको खण्डमा भविष्यलाई हेरेर रियलले अप्रत्याशित निर्णय लिन सक्छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]