9 years ago
December 19, 2016
काठमाडौं (हाम्रो खेलकुद ) – स्याम्सुङ मोबाइलको आधिकारिक बिक्रेता आइएमएस ( इन्टिग्रेटेड मोबिलिटी सोलुसन्स )ले मलेशियामा सम्पन्न एएफसि सोलिडारिटी कपको बिजेता राष्ट्रिय फुटबल टोलिलाई सम्मान गरेको छ ।
आइएमएसले बिजेता टोलिका खेलाडिहरु , प्रशिक्षक र अफिसियललाई गरि २७ जनालाई सामसुङ ग्यालेक्सी जे -फाइभ मोबाइल प्रदान गर्यो । बजारमा उक्त मोबाइलको खुद्रा बिक्रि मुल्य करीब १७९०० रुपैया बराबर छ ।
यसअघी फाइनलमा मकाउलाई १-० ले हराउदै प्रतियोगितमा जिते लगतै नेपाल सरकारले बिजेता टोलिलाई जनही ३ लाख दिने बाचा गरेको थियो भने अखिल नेपाल फुटबल संघले पनि हरेक खेलाडिलाई ३ लाख दिएर सम्मान गर्ने घोषणा गरेको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]