default_image

3 years ago

August 18, 2022

‘बार्सिलोना उपाधि जित्न सक्षम छ’ – लेवान्डोस्की

211 views

0 Bookmark

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले बार्सिलोनाका समर्थकललाई क्लबले उपाधि जित्ने आश्वासन दिएका छन् । गत सिजन बार्सिलोना उपाधिविहीन बनेको थियो ।

पोलिस फरवार्ड लेवान्डोस्की यसै समरमा जर्मन महारथी बायर्न म्युनिखबाट क्याटलान क्लबमा अनुबन्ध भएका हुन् । क्लबको आर्थिक स्थिति कमजोर रहेपनि बार्सिलोनाले उनीसहित ५ खेलाडीलाई क्लबमा अनुबनध गरेका छ । ५ मध्ये चार खेलाडीलाई बार्सिलोनाले ला लिगामा दर्ता गरिसकेको छ । डिफेन्डर जुल्स कुन्डेको प्रक्रिया अघि बढिरहेको छ ।

‘जब मैले पहिलो जानकारी पाएँ कि बार्सिलोनाले मलाई क्लबमा ल्याउन चासो राखेको छ, मलाई सुरुदेखि नै थाहा थियो कि यो मेरो र क्लबको लागि उत्तम समय हो ।’ लेवान्डोस्कीले वल्डसँगको अन्तर्वार्तामा भने, ‘म मेरो सम्पूर्ण जीवन एउटै लिगमा खेल्न चाहन्नथें । बुन्डेसलिगामा म राम्रो महसुस गरिरहेको थिएँ, तर मलाई थाहा थियो कि ला लिगामा सर्ने र मेरो करियरमा अर्को कदम चाल्ने सही समय हो ।’

बार्सिलोना आउनु उत्तम क्षण र ठुलो चुनौती रहेको बताउँदै यसका लागि आँफु तयार रहेको बताएका छन् । ‘मेरो लागि ला लिगा खेल्ने सपना सधैं थियो र अब म यहाँ बार्सिलोनामा छु त्यसैले म धेरै खुसी छु ।’ लेवान्डोस्कीले भने, ‘म यहाँ आउन पाउँदा धेरै खुसी छु र हामी यो नयाँ सिजनको लागि पर्खिरहेका छौं ।’

‘पक्कै पनि यो हाम्रो लागि धेरै रोमाञ्चक सिजन हुनेछ । सिजनको अन्त्यपछि बार्सिलोनाका सबै समर्थकहरु धेरै खुसी हुनेछन् । लेवान्डोस्कीले थपे, ‘बार्सिलोनाको लागि उपाधिविनाको लामो समय हो र मलाई लाग्छ कि यो केहि उपाधि जित्ने उत्तम क्षण हो। म पक्का छु कि हामी यो गर्नेछौं ।’

आर्थिक अवस्था बिग्रदो रहेपनि खेलाडी अनुबन्धमा आक्रमक देखिएको बार्सिलोनाले सिजनको सुरुवात भने बराबरीबाट गरेको छ । बार्सिलोना पहिलो खेलमा रायो भालेकानोसँग घरेलु मैदानमै गोलरहित बराबरीमा रोकिएको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.