default_image

3 years ago

August 18, 2022

पेनाल्टी प्रहारसँग जोडिएका पाँच घटना

228 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड नेयमार र केलियन एमबाप्पेबीच सन् २०२२-२३ को सुरुवाती खेलमा पेनाल्टी कसले लिने भन्ने विवाद पर्यो । यस्ता घटनाका उदाहारणहरु विश्व फुटबलमा प्रशस्तै छन् ।

फ्रेन्च लिग वानमा मोन्टपेलिएरविरुद्ध पिएसजीको लागि एमबाप्पे दोस्रो पेनाल्टी लिन चाहन्थे । उक्त खेलमा एमबाप्पेले सुरुवाती पेनाल्टी गुमाइसकेका थिए । दुईजना बीच पेनाल्टी लिने समयमा नै असहमति भयो । अन्तत: त्यो पेनाल्टी नेयमारले लिए र गोल पनि गरे । खेलपछि नेयमारले एमबाप्पेको आलोचना गरेको सोसल मिडियाको पोस्टलाई लाइक गर्नुले यस विषयलाई थप जटिल बनायो ।

नेयमार र काभानी

नेयमार सन् २०१७ मा विश्व कीर्तिमानी मुल्य १९८ मिलियन पाउन्डमा क्याटलान क्लब बार्सिलोनाबाट पिएसजी पुगेका थिए । पिएसजीमा नेयमार जानुअघि उरुग्वेली फरवार्ड एडिन्सन काभानीले पिएसजीको पेनाल्टी लिँदै आएका थिए । पेनाल्टी कसले लिन भन्ने विषयमै नेयमार र काभानीबीच चर्काचर्की परेको थियो । उक्त पेनाल्टी काभानीले लिएपनि उनी गोल गर्न चुकेका थिए ।

बालोटेली

मारियो बालोटेलीले आफूलाई यो स्थितिमा धेरैपटक उभ्याएका छन् । सन् २००९ मा इन्टरमा हुँदा उनले स्यामुइल इटोबाट पेनाल्टी खोस्ने प्रयास गरे । त्यसमा जेभियर जेनेट्टीले हस्तक्षेप गर्दा क्यामरुनी फरवार्ड एटोले गोल गरे । सन् २०१५ मा बेसिकटासविरुद्ध लिभरपुलका लागि खेल्दा उनले जोर्डन हेन्डरसनबाट बल खोसे र गोल गरे । त्यो हेन्डरसनको लागि अपमानजनक थियो । तत्कालिन कप्तान र पेनाल्टी लिंदै आएका स्टेभन जेरार्डले उक्त खेलमा बाहिर थिए ।

भिडालविरुद्ध बालाक

आर्टुरो भिडाल र माइकल बालाकबीच पेनाल्टी लिने विषयमा धेरै अगाडि झगडा भएको थियो । जुनबेला यि जोडी बायर लिभरकसुनका लागि सँगै खेलिरहेका थिए । पेनाल्टी एरियामा बल नजिकै रहेका भिडालले बालाकलाई बल दिन अस्वीकार गरे । ‘उनले मलाई बलको लागि सोधे र मैले होइन भने’, भिडालले भनेका थिए, ‘हामी घनिष्ठ थियौं र मैले उहाँलाई दिन सक्थे तर म आँफैले लिए ।’

मेस्सी – इब्रा र सुआरेज

यसका विपरित लियोनेल मेस्सीले बार्सिलोनामा रहँदा ज्लाटन इब्राहिमोभिचलाई पेनाल्टी लिन छाडेका थिए । मेस्सीले आफूभन्दा पनि इब्रालाई बढी विश्वास गरे । यति मात्रै होइन मेस्सीले एक पटक आफैंले पेनाल्टी प्रहार गरेपनि उक्त पेनाल्टी सिधै सुआरेजलाई पास दिएर गोल गर्न दिएको उदाहारण छ ।

रोनाल्डो र जाभी अलोन्सो

रियल म्याड्रिडमा रोनाल्डो आबद्ध भएदेखि नै रियलको पेनाल्टी टेकरको रुपमा रोनाल्डोलाई चिनाइएको थियो । अथवा रियलमा रोनाल्डोले पेनाल्टी लिने निर्णय भएको थियो । सन् २०१० मा भिल्लारियलविरुद्धको खेलमा जाभीले रोनाल्डोलाई विश्राम लिन भन्दै पेनाल्टी लिन आँफै सरिक भए । त्यसबेला रोनाल्डो निकै निराश देखिएका थिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.