default_image

3 years ago

August 18, 2022

‘अलमुताईरी र खेलाडी विवादबारे बोल्न चाहन्न’ – हुमागाईं

401 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक नियुक्त भएका प्रदीप हुमागाईंले अब्दुल्लाह अलमुताईरी र खेलाडी विवादबारे आफू बोल्न नचाहेको बताएका छन् ।

नेपाली फुटबलमा पछिल्लो चार महिना सबैभन्दा चर्चामा रहेको अलमुतारी र खेलाडी विवादबारे भने हुमागाईंले थाहा नभएको बताए । सुरुमा थाहा नै नभएको जनाएपनि पछि पत्रकारबाट पुन: प्रश्न आएपछि उनले आफू यस विषयमा नबोल्ने जनाए । गत वैशाख तेस्रो साता तत्कालिन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीसँग विवादको कारण १० खेलाडी क्याम्प छाड्न बाध्य भएका थिए । पछि उनीहरुलाई समर्थन गर्दै थप चार खेलाडी पनि असन्तुष्ट जनाए ।

अब्दुल्लाह र प्रमुख खेलाडीबीचको विवाद चर्किदै गएपछि कप्तान किरण चिम्जोङले पनि खेलाडीको समर्थन लिँदै फेसबुकमा स्टाटस लेखेका थिए । किरण पनि टोलीमा परेका थिएनन् । अब्दुल्लाहले खेलाडी विवाद सुल्झाउनुको सटट उल्टै किरणसहित क्याम्प छाड्न बाध्य बनाईएका १० खेलाडी बाहिर राख्दै एएफसी एसियन कप २०२३ को छनोट खेल्ने टोली घोषणा गरेका थिए ।

पछि एन्फाले गठिन छानबिन समितिले अलमुताईरीको विकल्प खोज्न आदेश दिएको थियो । अलमुताईरी नेपाल नफर्की तीन विदामा कुवेत फर्केएका थिए । अलमुताईरीले झन्डै दुई साताअघि निकालिएका १० खेलाडी मध्य अञ्जन विष्ट र तेज तामाङलाई बोलाउँदै २६ सदस्य टोली बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलको लागि प्रशिक्षणमा बोलाएका थिए । तर एन्फाले हुमागाईंलाई कार्यवाहक मुख्य प्रशिक्षक दिँदै किरण सहित निकालिएका खेलाडी गरि कुल ४० जनालाई बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलको लागि बन्द प्रशिक्षणमा बोलाएको थियो ।

‘यो विषयमा मलाई थाहा भएन । यो राजनीतिक कुरा हो कि होईन कि मलाई थाहा छैन । अलमुताईरी र खेलाडी विवादको बारे मलाई जानकारी छैन । समाचारहरु हेरेको छु । तर म यो विषयमा केहि बोल्नै चाहन्न’, उनले भने ।

‘त्यो बारेमा थाहा नभएको होईन म बोल्च चाहँदैन । न्युज त मैले पढिरहेको हुन्छु । तर म त्यो विषयमा बोल्दिन । त्यो पदमा पनि छैन र मेरो जिम्मेवारी पनि होईन’, हुमागाईंले भने ।

‘अहिलेको मेरो सोच भनेको टिम तयारी हो । एन्फाले मलाई प्रस्ताव गरेर राष्ट्रिय टोली जस्तो महत्वपूर्ण कुरामा विश्वास गरेर जिम्मेवारी दिएको छ । यो मेरो मात्र जिम्मेवारी होईन । प्रत्यक्ष अप्रत्यक्षरुपमा पत्रकारदेखि सबैको जिम्मेवारको कुरा हो । यो देशको कुरा हो’, उनले भने ।

हुमागाईंको आगमनसँगै नेपालले विहीबारदेखि औपचारिक रुपमा अभ्यास सुरु गरेको छ । अभ्यास ललितपुरको लगनखेलस्थित रहेको आर्मी ब्यारेकमा अभ्यास हुनेछ । त्यहाँ आएर अभ्यास हेर्न हुमागाई समर्थकलाई आग्रह गर्दछन् । ‘आर्मीको नियम के हुन्छ मलाई थाहा छैन । तर हरेक बुधबार समर्थकहरु अभ्यासमा आएर खेल हेर्न सक्नुहुन्छ’, उनले भने ।

‘खेलाडीलाई सम्मान नगरी हामी अघि बढ्न सक्दैनौं । यो मेरो मात्र दायित्व होईन । यो राष्ट्रिय टोलीको कुरा हो ।बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेललाई हामी मैत्रीपूर्ण मात्र नहेरेर जितको रुपमा तयारी गर्ने भन्ने छ । सबै जनाको सहकार्यमा हुने कुरा हो । म एक्लैले केहि पनि गर्न सक्दैन । सबैजना मिलेर अघि बढ्नुपर्छ’, उनले भने ।

हुमागाईंले आफूलाई बंगलादेशविरुद्धको लागि मात्र मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको पुष्टि गरे । ‘अहिले सामान्य यो खेलको लागि मात्र मलाई प्रस्ताव गरेको हो । कन्ट्राक्ट पेपर गरेको छैन । मैले नियुक्ती पत्र भने लिइसकेको छु । मलाई कस्तो भयो भने राष्ट्रिय प्रशिक्षकको जिम्मेवारी पाउने वितिक्कै प्रत्यक्ष अप्रत्यक्ष अप्ठारो अवस्थामा नेपाली फुटबल भए जस्तो मेरो व्यक्तिगत अनुभव रह्यो । मैले सबै कुराहरुलाई छाडेर सबैभन्दा ठूलो कुरा जन्मेको मातृभूमी हुन्छ । त्यहिँ भएर यसलाई स्वीकार गरिहालें’, हुमागाईंले भने ।

हुमागाईं लामो समयदेखि अमेरिकामा घरेलु फुटबल हेर्दै आएका छन् । अहिले उता सबै छाडेर आएको बताउँछन् । ‘मैले उता किस्टोन एथ्लेटिकमा प्रशिक्षकको रुपमा छु । त्यहाँ प्रशिक्षण गरेको ९-१० वर्ष भइसक्यो । नेपाल मेरो सधैं पहिलो प्राथमिकतामा हुन्छ । त्यो क्लबले पनि बाहिर राम्रो अवसर पाउँदा बितिक्कै जाउ भन्छ । त्यसैले मैले सबै छाडेर आएको हो’, उनले भने ।

हुमागाईं एएफसी ए लाइसेन्स प्राप्त प्रशिक्षक हुन् । नेपालमा लामो समयदेखि प्रशिक्षण गर्दै आएका अन्य ए लाइसेन्स भएका प्रशिक्षकहरु पनि छन् । तपाईंहरुलाई नै रोज्नुको कारण एन्फाले बताएको छ भन्ने प्रश्नमा उनले भने, ‘यो बारेमा पनि मलाई खासै जानकारी भएन । मेरो व्यक्तिगत रुपमा नेपालमा भएको प्रशिक्षकमा एकदमै ठूलो सम्मान छ । वहाँहरुसँग पनि क्षमता र प्रतिभा छ । वहाँहरु पनि कहिलेकाहिँ हाम्रो टेनिङ हेर्न आइदिएर जानकारी सेयर गरेमा राम्रो हुनेछ ।’ हुमागाईंले दुई वर्षअघि अमेरिकाबाट नागरिकता प्राप्त गरेको पनि बताए ।

एन्फाका प्रवक्ता सुरेश शाहले हुमागाईंलाई बंगलादेशविरुद्ध मुख्य प्रशिक्षणको जिम्मेवारी उत्कृष्ट विकल्पको रुपमा दिएको जनाए । समस्या समाधान समितिले एन्फालाई एउटा सुझाव दिएको थियो । एन्फा कार्यसमितिले अलमुताईरीलाई प्रश्न गरिएको थियो । ‘वहाँले स्वास्थ्य समस्या देखाउनु भएको छ । महासचिवलाई के निर्णय लिने जिम्मेवारी दिएको छ । यो बीचमा टेक्निकल विभाग छैन । यो कार्यसमिति आएको भर्खर दुई महिना भएको छ । कार्यसमितिमा धेरै नामहरु प्रस्ताव भए । त्यसमा प्रदीप उत्कृष्टको पनि उत्कृष्ट रहनुभएकोले नियुक्ती गरेको हो’, शाहले भने ।

बंगलादेशसँग नेपालले असोज ११ मा दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसको लागि एन्फाले सुरुमा ४० सदस्य टोली प्रशिक्षणमा बोलाएको छ ।

राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा बोलाईका ४० खेलाडी

गोलरक्षक– किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डर – अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दीनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रञ्जित धिमाल, निशान खड्का, अमित तामाङ, राजन गुरुङ

मिडफिल्डर – संजोक राई, पुजन उपरकोटी, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, सुदीप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरज ज्यु ठकुरी, सुभाष गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अन्जन विष्ट

फरवार्ड– विमल घर्तिमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्जप्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल, भरत खवास

https://youtu.be/DSIZzyPVqKQ

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.