9 years ago
December 19, 2016
हाम्रो खेलकुद (सुनसरी) – सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत महिला फुटबलमा नेपाल प्रहरी क्लब र नेपाल आर्मी क्लबले सोमबार जितलाई निरन्तरता दिएका छन् ।

सुनसरीको दुहबी रंगशालामा भएको खेलमा प्रहरीले पश्चिमाञ्चल माथी ४–० को जित निकाल्यो । विजयी टिमका लागि प्रनियोगिताकी वुमेन अफ दि म्याच यशोदा लामाले खेलको १९ औं मिनटमा गोल गर्दै टिमलाई अग्रता दिलाईन् । २९ औं मिनटमा निरु थापाले गोल गर्दै गोल संख्यालाई दोब्बर पारिन् । यस्तै टोलीलाई मजबुत पार्ने क्रममा श्रृजना खड्काले खेलको ४६ औं मिनटमा थप गोल थपिन् भने ५७ औं मिनटमा मञ्जु गुरुङ्गले गोल गर्दै टोलीको जित सुनिश्चित पारिन् ।
अर्को खेलमा आर्मीले पूर्वाञ्चललाई ३–० ले हरायो । आर्मीका लागि सुष्मिता तामाङ्गले १५ औं मिनटमा गोल गरिन् । खेलको ५४ औं र ७० औं मिनटमा ईन्दिरा राईले गोल गदैं आर्मीको जित पक्का गरिन् । आर्मीकी ईन्दिरा राई ‘वुमन अफ द म्याच’ चुनिइन् ।
दुवै टोलीको यो लगातार दोश्रो जित हो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]