default_image

2 years ago

August 20, 2022

प्रिमियर लिगमा आज ६ खेल

104 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजन २०२२-२३ को तेस्रो साता शनिबार, आइतबार र सोमबार गरेर १० खेल हुनेछ । पहिलो दिन शनिबार ३ फरक समयमा ६ खेल हुनेछ ।

शनिबार पहिलो खेलमा साँझ ५:१५ बजे टोटेनहम हट्सपरले वल्भ्सको सामना गर्नेछ । एन्टोनियो कोन्टेको नेतृत्वमा रहेको टोलीले ट्रान्सफर बजारमा खुलेर खर्च गरेको छ । फलस्वरुप टोलीले २ खेलमा ४ अंक जोडेको छ । चेल्सीसँग पछिल्लो साता खेल अन्तिम समयमा बराबर गर्दै टोटेनहमले आफ्नो बलियो उपस्थिति देखाएको छ । अंक तालिकामा चौथो स्थानमा रहेको टोटेनहम १ अंक जोड्दै १४ औं स्थानमा रहेको वल्भ्सविरुद्ध आफ्नो अपराजित यात्रा लम्ब्याउने सुरमा हुनेछ ।

शनिबार नै रातको १०:१५ बजे आर्सनलले यसै सिजन बढुवा भएको बर्नमाउथसँग खेल्नेछ । लिगको सुरुवाती दुवै खेल जित्दै दोस्रो स्थानमा रहेको आर्सनलले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । पछिल्लो खेलमा नयाँ फरवार्ड ग्याब्रिएल जेससले २ गोल र २ असिस्ट दिएका थिए । पहिलो खेलमा एस्टन भिल्लालाई हराएको बर्नमाउथ पछिल्लो खेलमा सिटीसँग पराजित भएको थियो ।

शनिबार रातको ७:४५ मा लेस्टर सिटीले साउथह्याम्पटनको सामना गर्नेछ । क्रिस्टल प्यालेस र एस्टन भिल्ला खेल्दा नटिङहम फरेस्टले एभर्टनको भ्रमण गर्नेछ । यसै सिजन बढुवा भएको फुल्हमले ब्रेन्टफर्डको आतिथ्यता गर्नेछ ।

आइतबार पहिलो खेलमा साँझ ६:४५ बजे लिड्स र चेल्सी भिड्नेछन् । गत साता टोटेनहमसँग बराबरीमा रोकिएको चेल्सी लिड्सको मैदानमा जित हासिल गर्दै विजयी लयमा फर्कन चाहन्छ । त्यसै समयमा वेस्ट ह्यामले ब्राइटनलाई निम्तो दिनेछ ।

दिनको अन्तिम खेल राती ९:१५ बजे न्युकासल युनाइटेड र म्यानचेस्टर सिटीबीच हुनेछ । लिगको शीर्षस्थानमा रहेको सिटी न्युकासलको मैदानमा लगातार तेस्रो जितको लक्ष्यमा हुनेछ । न्युकासल पनि नयाँ रुपमा आफूलाई बलियो टोलीका रुपमा स्थापित गराउन चाहन्छ । दुई खेलमा ४ अंक जोडेको घरेलु टोली पेप गुआर्डीओलाको टोलीलाई स्तब्ध पार्ने सोचमा हुनेछ ।

नर्थ वेस्ट डर्बीको रुपमा चर्चित म्यानचेस्टर युनाइटेड र लिभरपुल पनि एक आपसमा भिड्दैछन् । सोमबार राती १२:४५ बजे (मंगलबार विहान) लिभरपुलले ओल्ड ट्राफर्ड भ्रमण गर्नेछ । दुवै टोलीले लिगमा हालसम्म जित दर्ता गर्न सकेका छैनन् । युनाइटेड दुवै खेलमा पराजित हुँदा लिभरपुल दुवै खेलमा बराबरीमा रोकिएको छ । लिभरपुलसँग यसै सिजन आएका फरवार्ड डार्विन न्युनेज रातो कार्डका कारण उपलब्ध छैनन् ।

खेल तालिका :

शनिबार, अगस्ट २०

१७:१५ – टोटेनहम हट्सपर विरुद्ध वल्भ्स

१९:४५ – लेस्टर विरुद्ध साउथह्याम्पटन

१९:४५ – क्रिस्टल प्यालेस विरुद्ध एस्टन भिल्ला

१९:४५ – एभर्टन विरुद्ध नटिङहम फरेस्ट

१९:४५ – फुल्हम विरुद्ध ब्रेन्टफर्ड

२२:१५ – बर्नमाउथ विरुद्ध आर्सनल

आइतबार, अगस्ट २१

१८:४५ – लिड्स विरुद्ध चेल्सी

१८:४५ – वेस्ट ह्याम विरुद्ध ब्राइटन

२१:१५ – न्युकासल विरुद्ध म्यानचेस्टर सिटी

सोमबार, अगस्ट २२

१२:४५ (मंगलबार विहान) – म्यानचेस्टर युनाइटेड विरुद्ध लिभरपुल

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

Success

Thank you for your time.