default_image

3 years ago

August 22, 2022

एमबाप्पेको ह्याट्रिकमा पिएसजीको सानदार जित

271 views

0 Bookmark

एजेन्सी – फरवार्ड केलियन एमबाप्पेको ह्याट्रिक तथा नेयमारको ह्याट्रिक असिस्ट मद्दतमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गरेको छ ।

पिएसजीले लिलमाथि उसकै मैदानमा ७–१ को फराकिलो जित दर्ता गरेको हो । पिएसजीको जितमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा नेयमारले दुई तथा लियोनेल मेस्सी र अचरफ हाकिमीले समान एक गोल गरे । लिलका जोनाथन बम्वाले एक गोल फर्काए ।

पिएसजीले पहिलो हाफमै ४–० को आरामदायी अग्रता लिदा दोस्रो हाफमा तीन गोल थप्दा एक गोल बेहोरेको थियो । लिलको मैदानमा आइतबार राति भएको खेलको ८ सेकेन्डमै एमबाप्पेको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो । उनले लियोनेल मेस्सीको पासमा गोल गर्न सफल भएका थिए ।

२७औं मिनेटमा नुनो मेन्डिसको पासमा मेस्सीले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । ३९औं मिनेटमा अचरफ हाकिमीले गोल गर्दै पिएसजीलाई ३–० ले अघि बढाए । हाकिमीले नेयमारको पासमा गोल गर्न सफल भएका थिए । ४३औं मिनेटमा नेयमारले गोल गरेपछि पिएसजी पहिलो हाफमा ४–० ले अघि बढ्यो ।

५२औं मिनेटमा नेयमारले हाकिमीको पासमा गोल गरेपछि पिएसजी खेलमा ५–० ले अघि बढ्यो । ५४औं मिनेटमा जोनाथनले गोल गर्दै खेललाई ५–१ को स्थितिमा ल्याए । त्यसपछिको पिएसजीको दुवै गोल एमबाप्पेको नाममा रहँदा उनले ह्याट्रिक पूरा गरे ।

एमबाप्पेले ६६औं मिनेटमा तथा ८७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गर्दा नेयमारले पनि ह्याट्रिक असिस्ट प्रदान गरेपछि पिएसजी ७–१ को फराकिलो अन्तरले विजयी हुन सफल भयो ।

यो जितसँगै अपराजित रहेको पिएसजी ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित लिल ४ अंक जोडेर १२औं स्थानमा रहेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.