default_image

3 years ago

August 22, 2022

‘पैसाको लागि युनाइटेड आएको होइन’ – कासेमिरो

299 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन मिडफिल्डर कासेमिरोले आफू पैसाको लागि भनेर म्यानचेस्टर युनाइटेड नगएको बताएका छन् । रियल म्याड्रिडले कासेमिरोको बिदाइका लागि आयोजना गरेको कार्यक्रममा उनले आफ्नो अभिव्यक्ति दिएका हुन् ।

३० वर्षीय मिडफिल्डरले आफू विश्वको ठूलो टिममा जान लागेको बताएका हुन् । रियालमा ९ वर्ष बिताएका कासेमिरोलाई अनुबन्ध गर्न युनाइटेडले झन्डै ७० मिलियन पाउन्ड खर्च गर्ने बुझिएको छ । उनले क्लबमा ४ वर्षका लागि सम्झौता गर्दैछन् । कासेमिरो युनाइटेडमा सर्वाधिक कमाउने खेलाडी मध्यमा पर्नेछन् । तर उनले आफू पैसाको लागि क्लब नछाडेको बताए ।

‘पैसाको लागि हो भने मैले ४-५ वर्षअघि नै क्लब छोड्थें । पैसाको लागि गयो भन्ने सोच गलत छ । रियलले सधैं मलाई माया गरेको छ । यो मेरो यात्रा हो र मेरो निर्णय हो,’ उनले भने ।

‘मैले च्याम्पियन्स लिगको फाइनलपछि नै एजेन्टसँग छलफल गरेको थिएँ । मलाई लागेको थियो कि अब मेरो यहाँको यात्रा अन्त्य हुँदैछ,’ उनले थपे, ‘यो मेरो जीवनको सबैभन्दा कठिन निर्णय थियो । म अब आउने यात्राका लागि उत्साहित छु ।’

‘ म नयाँ चुनौती सामना गर्न चाहन्छु । नयाँ लिग, नयाँ देश र नयाँ संस्कृतिमा जान चाहन्छु । म विश्वको ठूलो क्लबमा जाँदैछु । त्यो क्लब जसले रियलसँग पनि प्रतिस्पर्धा गर्छ, तर अहिलेको स्थिति फरक छ ।’

रियल म्याड्रिडमा सँगै खेलेका फरवार्ड क्रिस्टियानो रोनाल्डो हाल युनाइटेडमा छन् । तर रोनाल्डोको भविष्य अझै स्पष्ट भएको छैन । कासेमिरोले आफ्नो ट्रान्सफरबारे रोनाल्डोसँग छलफल नभएको बताए ।

‘मैले रोनाल्डोसँग बोलेको छैन । तर मलाई आशा छ उनी बस्नेछन्,’ उनले भने, ‘मैले यहाँ जे गरें, त्यहाँ गैर पनि त्यहि गर्न चाहन्छु । म त्यहाँको लिग जित्न चाहन्छु ।’

कासेमिरोको बिदाइमा रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज पनि उपस्थित थिए । उनी पनि कार्यक्रममा निकै भावुक देखिए ।

‘कासेमिरो यति लामो बसाईंमा हरेक दिन उदाहरण बने । आफ्नो भविष्यको निर्णय लिने अधिकार भएर नै उनले यो यात्रा गरेका हुन्,’ पेरेजले भने, ‘एक च्याम्पियनको रुपमा उनको प्रस्थान हुँदैछ । उ जहाँ भएपनि रियलका हुनेछन् । रियल सधैं उनको घर हुनेछ ।’

November 10, 2025

मिना झापा गोल्डकपकी सर्वोत्कृष्ट

दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लबकी‌ मिना देउवा एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्। मिनाकै एक मात्र गोलमा घरेलु महिला फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई १-० ले हराउँदै पुलिस च्याम्पियन बनेको थियो। उनले २२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो। मिनाले सर्वोत्कृष्ट खेलाडी वापत १ लाख […]

November 10, 2025

मिनाको गोलमा पुलिस झापा गोल्डकप च्याम्पियन

दिपक बोहोरा/हिमाल खरेल, झापा घरेलु फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा आज भएको फाइनलमा एपिएफलाई १-० ले हराउँदै पुलिसले उपाधि जितेको हो। मिना देउवाको एक मात्र गोलमा पुलिस च्याम्पियन बनेको हो। एपिएफले गत वर्ष […]

November 10, 2025

नव जागृतीको पहिलो र काक्रेविहारको दोस्रो जित

रविन्द्र वाईबा, हेटौंडा एन्फा प्रेसिडेन्ट लिगमा बाराको नवजागृती युवा क्लबले पहिलो र सुर्खेतको काक्रेविहार युथ क्लबले दोस्रो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई २-० गोलले हराउँदै लिगमा नव जागृतीले पहिलो जित दर्ता गर्यो । दोलखाको टाइगर्स टिमलाई १-० गोलले हराउँदै सुर्खेतको काक्रेविहार युथ क्लबले लिगमा दोस्रो जित हासिल […]

Success

Thank you for your time.