3 years ago
August 23, 2022
एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्स बराबरीमा रोकिएको छ । युभेन्ट्सले घरेलु टोली साम्पडोरियासँग गोलरहित बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको हो ।

जेनोभामा सोमबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही मौका सिर्जना गरेपनि गोल गर्न नसक्दा दुवै टोली अंक बाड्न बाध्य बन्यो ।
यो बराबरीपछि अपराजित रहेको युभेन्ट्सले शीर्षस्थानमा रहेको नेपोली, इन्टर मिलान र रोमासँग अंक बराबरी गर्ने मौका गुमाएको छ ।
युभेन्ट्सको २ खेलबाट ४ अंक छ । नेपोली, इन्टर मिलान र रोमाको ६ अंक छ । पहिलो अंक जोडेको साम्पडोरिया १६औं स्थानमा रहेको छ ।
November 10, 2025
दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लबकी मिना देउवा एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्। मिनाकै एक मात्र गोलमा घरेलु महिला फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई १-० ले हराउँदै पुलिस च्याम्पियन बनेको थियो। उनले २२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो। मिनाले सर्वोत्कृष्ट खेलाडी वापत १ लाख […]
November 10, 2025
दिपक बोहोरा/हिमाल खरेल, झापा घरेलु फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा आज भएको फाइनलमा एपिएफलाई १-० ले हराउँदै पुलिसले उपाधि जितेको हो। मिना देउवाको एक मात्र गोलमा पुलिस च्याम्पियन बनेको हो। एपिएफले गत वर्ष […]
November 10, 2025
रविन्द्र वाईबा, हेटौंडा एन्फा प्रेसिडेन्ट लिगमा बाराको नवजागृती युवा क्लबले पहिलो र सुर्खेतको काक्रेविहार युथ क्लबले दोस्रो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई २-० गोलले हराउँदै लिगमा नव जागृतीले पहिलो जित दर्ता गर्यो । दोलखाको टाइगर्स टिमलाई १-० गोलले हराउँदै सुर्खेतको काक्रेविहार युथ क्लबले लिगमा दोस्रो जित हासिल […]