default_image

3 years ago

August 27, 2022

पेड्रो चम्कँदा इन्टर मिलानको हार

243 views

0 Bookmark

एजेन्सी – परिवर्तित खेलाडी पेड्रो रोड्रिग्वेजले एक गोलसँगै एक असिस्ट दिएपछि इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले लाजियोसँग हार बेहोरेको छ ।

इन्टर मिलान घरेलु टोली लाजियोसँग ३–१ ले पराजित भएको हो । स्टेडियो ओलम्पिको रोमामा शुक्रबार राति भएको खेलमा घरेलु टोलीको जितमा फिलिपे एनडरसन, लुइस अल्बर्टाे र पेड्रो रोड्रिग्वेजले गोल गरे । इन्टरका लोउटारो मार्टिनेजले एक गोल फर्काए ।

प्रतिस्पर्धात्मक खेलको ४०औं मिनेटमा फिलिपे एनडरसनको गोलबाट लाजियोले सुरुवाती अग्रता लिन सफल भयो । उनले सेरगेज मिलिन्कोभिक साभिकको पासमा गोल गर्न सफल भए । ५१औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । मार्टिनेजले डेन्जेल डमफ्रेजको पासमा गोल गर्न सफल भए ।

७५औं मिनेटमा परिवर्तित खेलाडी लुइस अल्बर्टाेले अर्का परिवर्तित खेलाडी पेड्रो रोड्रिग्वेजको पासमा गोल गर्दै लाजियोलाई २–१ को अग्रता दिलाए । अल्बर्टाे र पेड्रो ५७औं मिनेटमा मैदान प्रवेश गरेका थिए । ८६औं मिनेटमा पेड्रो रोड्रिग्वेजले सिरो इमोविलेको पासमा गोल गर्दै लाजियोको जित पक्का गर्दा इन्टरलाई पहिलो हार चखाए ।

यो जितसँगै अपराजित रहेको लाजियो ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पहिलो हार बेहोरेको इन्टर ६ अंक जोडेर चौथौ स्थानमा रहेको छ । समान ६ अंक रहेपनि नेपोली र रोमा गोल अन्तरमा इन्टरभन्दा अघि छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.