default_image

3 years ago

August 31, 2022

अग्रता जोगाउन नसक्दा चेल्सीको दोस्रो हार

171 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले सिजनको दोस्रो हार बेहोरेको छ । अग्रता जोगाउन नसक्दा चेल्सी घरेलु टोली साउथह्याम्टनसँग २–१ ले पराजित भएको हो ।

घरेलु टोली साउथह्याम्टनको जितमा रोमियो लाभिया र एडम आर्मस्ट्रङले गोल गरे । चेल्सीका रहिम स्टर्लिङको गोल सान्त्वना बन्यो ।

सेन्ट मेरिज स्टेडियममा मंगलबार राति भएको खेलको २३औं मिनेटमा रहिमको गोलबाट चेल्सीले सुरुवाती अग्रता लिएको थियो । तर, चेल्सीले त्यो अग्रता लामो समय जोगाउन सकेन । २८औं मिनेटमा रोमियो लाभियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा आर्मस्ट्रङले गोल गर्दै साउथह्याम्टनलाई २–१ ले अघि बढाए । दोस्रो हाफमा दुवै टोलीले केही प्रयास गरेपनि सफल हुन नसक्दा पहिलो हाफको नतिजा नै साउथह्याम्टनको जितमा पर्याप्त बन्यो ।

घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएपनि चेल्सीले गोल गर्न नसक्दा सिजनको दोस्रो हार बेहोर्न बाध्य बन्यो । यसअघि चेल्सी लिड्ससँग ३-० ले पराजित भएको थियो । यो हारपछि चेल्सी ५ खेलबाट ७ अंक जोडेर आठौं स्थानमा रहेको छ । साउथह्याम्टनको समान ७ अंक नै रहेपनि हेड टु हेडमा सातौं स्थानमा छ ।

‘यसअघि ‘अग्रता जोगाउन नसक्दा चेल्सीको दोस्रो हार’ हुनुपर्नेमा अन्यथा हुन गएकोले सच्याइएको छ । – सम्पादक’

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.