default_image

3 years ago

August 31, 2022

अग्रता जोगाउन नसक्दा चेल्सीको दोस्रो हार

169 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले सिजनको दोस्रो हार बेहोरेको छ । अग्रता जोगाउन नसक्दा चेल्सी घरेलु टोली साउथह्याम्टनसँग २–१ ले पराजित भएको हो ।

घरेलु टोली साउथह्याम्टनको जितमा रोमियो लाभिया र एडम आर्मस्ट्रङले गोल गरे । चेल्सीका रहिम स्टर्लिङको गोल सान्त्वना बन्यो ।

सेन्ट मेरिज स्टेडियममा मंगलबार राति भएको खेलको २३औं मिनेटमा रहिमको गोलबाट चेल्सीले सुरुवाती अग्रता लिएको थियो । तर, चेल्सीले त्यो अग्रता लामो समय जोगाउन सकेन । २८औं मिनेटमा रोमियो लाभियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा आर्मस्ट्रङले गोल गर्दै साउथह्याम्टनलाई २–१ ले अघि बढाए । दोस्रो हाफमा दुवै टोलीले केही प्रयास गरेपनि सफल हुन नसक्दा पहिलो हाफको नतिजा नै साउथह्याम्टनको जितमा पर्याप्त बन्यो ।

घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएपनि चेल्सीले गोल गर्न नसक्दा सिजनको दोस्रो हार बेहोर्न बाध्य बन्यो । यसअघि चेल्सी लिड्ससँग ३-० ले पराजित भएको थियो । यो हारपछि चेल्सी ५ खेलबाट ७ अंक जोडेर आठौं स्थानमा रहेको छ । साउथह्याम्टनको समान ७ अंक नै रहेपनि हेड टु हेडमा सातौं स्थानमा छ ।

‘यसअघि ‘अग्रता जोगाउन नसक्दा चेल्सीको दोस्रो हार’ हुनुपर्नेमा अन्यथा हुन गएकोले सच्याइएको छ । – सम्पादक’

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.