default_image

3 years ago

August 31, 2022

इन्टरको सहज जित, मिलान रोकियो

202 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा साविक विजेता एसी मिलान बराबरीमा रोकिदा उपविजेता इन्टर मिलानले सहज जित हात पारेको छ ।

एसी मिलान घरेलु टोली सस्सुलोसँग गोलरहित बराबरीमा रोकिएको हो । खेलको २३औं मिनेटमा सस्सुलोले पेनाल्टीको अवसर खेर फालेको थियो ।

खेल अवधिभर घरेलु टोलीलाई दवावमा राखेपनि मिलानले गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । यो बराबरीसँगै मिलान ४ खेलबाट ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । सस्सुलो ५ अंक जोडेर १०औं स्थानमा छ ।

सिरी ‘ए’ कै अर्काे खेलमा इन्टर मिलानले क्रेमोनेसेलाई ३–१ ले पराजित गरेको छ । घरेलु टोली इन्टरको जितमा जोआक्विन कोरेआ, निकोलो बरेल्ला र लोउटारो मार्टिनेजले गोल गरे । क्रेमोनेसेका डेभिड ओकिरेकीले एक गोल फर्काए ।

मिलानोमा मंगलबार राति भएको खेलको १२औं मिनेटमा जोआक्विन कोरेआल गोल गर्दै इन्टरलाई अग्रता दिलाए । ३८औं मिनेटमा निकोलो बरेल्लाले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे ।

७६औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई ३–० ले अघि बढाए । अन्तिम समयमा क्रेमोनेसेका डेभिड ओकिरेकीले एक गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएपनि टोलीको हार टार्न सकेन ।

यो जितसँगै इन्टर ४ खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित क्रेमोनेसे अंकविहीन हुँदै १९औं स्थानमा छ । रोमा १० अंक जोडेर शीर्षस्थानमा छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.