default_image

3 years ago

September 2, 2022

नेपाली युवा टोली श्रीलंकातर्फ

359 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा हुने साफ यू १७ च्याम्पियनसिपमा भाग लिन नेपाली नेपाली युवा टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ । २३ सदस्यीय खेलाडीसहितको टोली त्यसतर्फ प्रस्थान गरेको हो । साफ च्याम्पियनसिपपछि सन् २०२३ मा हुने एएफसी यू१७ एसियन कप छनोट खेल्नेछ ।

साफ यू–१७ च्याम्पियनसिप भदौं २० देखि २९ गतेसम्म हुनेछ । नेपाल रहेको समूह ‘बी’ मा भारत र भुटान तथा समूह ‘ए’ आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश छन् । नेपालले भदौं २२ मा भुटानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । त्यसपछि नेपालले समूह चरणको अन्तिम खेलमा भदौं २४ गते भारतसँग खेल्नेछ ।

समूह चरणपछि शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछ । भदौं २७ गते सेमिफाइनल तथा भदौं २९ गते उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका सबै खेलहरु रेसकोर्स इन्टरनेसनल स्टेडियममा हुनेछ ।

नेपाली यू १७ टोली

गोलकिपर – कृशल मोक्तान, समिर चन्द र रुबिन बोगटी

डिफेन्डर – अश्विन घोरासैनी, सिमन्त थापा, युनेश बुढाथोकी, मदन पौडेल, दिपक थापा मगर, निशान्त तामाङ, युनिश मगर, विक्रम तामाङ, प्रितम कार्की र धिरज विश्वकर्मा

मिडफिल्डर – प्रशान्त लक्षम, मिराक लिङ्देन, सरोज दर्लामी, हरिशराज भट्ट र लच्छु थापा

फरवार्ड – निरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई र सुवास बम

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.