default_image

9 years ago

December 20, 2016

एपिएफ महिला फुटबलको सेमिफाइनल नजिक

102 views

0 Bookmark

सातौं राष्ट्रिय खेलकुद
काठमाडौं (हाम्रो खेलकुद)– सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा एपिएफले लगातार दोस्रो जित हासिल गर्दै सेमिफाइनलको नजिक पुगेको छ । सुनसरीको दुहबी रंगशालामा एपिएफले सुदूरपश्चिमाञ्चललाई ४–१ ले हराएको छ । त्यस्तै अर्को खेलमा मध्यमाञ्चलले मध्यपञ्चिमाञ्चललाई ३–० ले पराजित गरेको थियो ।

apf

समूह कमा एपिएफले पहिलो खेलमा पश्चिमाञ्चललाई ३–० ले हराएको थियोउ । मंगलबारको जितमा एपिएफकी अनिता केसी प्लेयर अफ दी म्याच घोषित भइन् । अर्को खेलमा मध्यमाञ्चलकी रश्मिकुमारी घिसिङ प्लेयर अफ दी म्याच घोषित भएकी थिइन् ।

apf-11

पुस ११ गते देखि भारतको सिलगुढीमा हुने महिला साफ च्याम्पियनसिपमा नेपाली टोलीको सहभागिता रहने भएकोले सातौंको महिला फुटबल पुस २ गतेबाटै सुरु भएको थियो । प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय गरि आठ टोलीको सहभागिता रहेको छ ।

दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा प्रतिस्पर्धा भइरहेको छ । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.