9 years ago
December 21, 2016
-सातौं राष्ट्रिय खेलकुद
-सेमिफाइनलमा पुलिस र मध्यमाञ्चल तथा एपिएफ र आर्मीबीच प्रतिस्पर्धा हुने
काठमाडौं (हाम्रो खेलकुद)– सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा बुधबार दुवै खेल बराबरीमा टुंगिएको छ । विभागिय डर्बीमा एपिएफ र नेपाल पुलिस क्लबले १–१ को बराबरीमा टुंगियो भने अर्को खेलमा त्रिभुवन आर्मी क्लब र मध्यमाञ्चलले गोलरहित बराबरी खेले ।

सुनसरीको दुहबी रंगशालामा जारी प्रतियोगितामा समूह ‘क’ बाट सेमिफाइनल पुगेका दुई विभागिय टोलीले बराबरी खेल्दै अंक बाढेका हुन् । बराबरीपछि दुवै टोलीको समान ७ अंक छ । गोलअन्तरमा पुलिस शीर्षस्थानमा र एपिएफ दोस्रो स्थानमा रह्यो । कुमारी गुरुङको गोलबाट पुलिसले १८ औं मिनेटमा अग्रता लिएको थियो भने एपिएफका लागि तेजकुमारी गुरुङले ३८ औं मिनेटमा गोल फर्काइन् ।
३ खेलमा पुलिसले ८ गोल गर्दैै १ गोल खाएको थियो । एपिएफले त्यत्तिनै खेलमा ८ गोल गर्दै २ गोल खाएको छ । एपिएफकी रुपा रानामगर प्लेयर अफ दी म्याच घोषित भइन् । कोरियामा रहेका रमेश तामाङले प्रायोजन गरेका २ हजार रुपैयाँ रुपालाई अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ अध्यक्ष टासी घलेले हस्तान्तरण गरे । समूह ‘क’ मा रहेका सूदुरपश्चिमाञ्चल र पश्चिमाञ्चल प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

समूह ‘ख’ मा गोलरहित बराबरी खेलेपछि आर्मी समूह विजेता र मध्यमाञ्चल उपविजेताका रुपमा अन्तिम चारमा पुगेका छन् । आर्मीको ३ खेलमा ७ अंक र मध्यमाञ्चलको ५ अंक छ । बुधबारको खेलमा मध्यमाञ्चलकी रोजीना श्रेष्ठ प्लेयर अफ दी म्याच घोषित भइन् । रोजीनाले सुरक्षा अस्पतालले प्रायोजन गरेको २ हजार रुपैयाँ पाइन् ।

शुक्रबार हुने सेमिफाइनलमा पुलिस र मध्यमाञ्चल तथा आर्मी र एपिएफबीच प्रतिस्पर्धा हुने स्थानिय संयोजनकर्ता दीलिप राईले जानकारी दिए । बिहीबार समूह क र ख दुवै समूहमा प्रतियोगितबाट बाहिरिसकेका दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ ।


December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]