default_image

16 hours ago

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

290 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्।

पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए।

१६औँ मिनेटमा विजेश थापाले गोल गरेपछि बिकटे श्वरले २-० को अग्रता बनायो। पुलिस चितवनका शितल अधिकारीले ४८औँ मिनेटमा फर्काए। यो खेलमा बिकटेश्वरका द्रविनम सुवरदी ‘प्लेयर अफ द म्याच’ घोषित भए।

दोस्रो खेलमा एसओएस पनौतीले पुलिस सामाखुसीलाई २- ० ले हरायो। खेलको ३६औँ मिनेटमा आशिम तामाङले र ६९औँ मिनेटमा पाल्देन तामाङले गोल गर्दै एसओएसको जित पक्का गरे। विजयी टोलीका पाल्देन तामाङ प्लेयर अफ दि म्याच घोषित भए।

तेस्रो खेलमा आयोजक पुलिस (नीलो)ले रामभक्त स्कुल, बनेपालाई ३–० ले पराजित गर्यो। ३९औँ मिनेटमा अनुज थापा, ४९औँ मिनेटमा युवराज बुढाथोकी, र ७०औँ मिनेटमा युनिकेश चौधरीले गोल गर्दै पुलिस नीलोलाई सहज जित दिलाए। पुलिस नीलोका युवराज बुढाथोकी ‘प्लेयर अफ द म्याच’ घोषित भए।

प्रतियोगितामा भोलि नेपाल पुलिस स्कूल धरान र एसओएस पनौतीबीच प्रतिस्पर्धा हुनेछ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

December 4, 2025

रियलको जितमा एम्बाप्पेको २ गोल

एजेन्सी – रियल माड्रिडले एथ्लेटिक बिल्बाओलाई ३- ० ले हराउँदै ला लिगामा शीर्षस्थान टोली बार्सिलोनासँगको अंक दूरीलाई कम गरेको छ। सन मामेसमा बुधवार भएको खेलमा रियललाई‌ जित दिलाउन किलियन एम्बाप्पेको भूमिका महत्वपूर्ण रह्यो ।‌ उनले २ गोल र एक असिस्ट गरे। खेल सुरु भएको सात मिनेटमा ट्रेन्ट एलेक्जान्डर आर्नोल्डको पासबाट एम्बाप्पेले पहिलो गोल गरे। यो […]

Success

Thank you for your time.