default_image

3 years ago

September 6, 2022

सावित्रालाई फापेको भुटान

263 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी सावित्रा भण्डारी हुन् । सन् २०१४ मा भुटानविरुद्ध डेब्यु खेलमा नै गोल गरेकी उनले हालसम्म ३८ गोल गरिसकेकी छिन् ।

सावित्राले बेन्चबाट मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीका लागि डेब्यु गरेकी थिइन् । भुटानविरुद्ध मैदान प्रवेश गरेको केहीबेरमै गोल गर्न सफल भइन् । अनु लामा र निरु थापा सिनियर खेलाडीका रुपमा रहेकाले सावित्राले उक्त साफमा खासै अवसर पाइनन् ।

त्यसपछि सन् २०१६ मा भारतको सिलिगुडीमा भएको चौथो साफमा सावित्रा नेपाली टोलीको मुख्य फरवार्डको रुपमा स्थापित भइसकेकी थिइन् । अनु लामा चोटका कारण बाहिर रहेपछि र निरु थापा अन्तिम टोलीमा नपर्दा सावित्रा घरेलु फुटबलमा एकल दबदबा जमाउँदै सिनियर टोलीको निर्विकल्प बनिसकेकी थिइन् ।

भारतमा भएको प्रतियोगिताको पहिलो खेलमै सावित्राले भुटानविरुद्ध ८-० को जितमा एक्लै ६ गोल गरिन् । खेलको २३ मिनेटमै ह्याट्रिक पूरा गरेकी उनलाई रोक्न भुटानलाई हम्मे हम्मे परेको थियो । त्यसपछि सन् २०१९ मा पनि समूह चरणको पहिलो खेलमा नेपाल ३-० ले विजयी हुँदा सावित्राले गजबको प्रदर्शन गरिन् । टोलीको ३-० को जितमा उनले पनि गोल गरिन् ।

हालसम्म भुटानविरुद्ध खेलेका ३ खेलमा सावित्राले कुल ८ गोल गरेकी छिन् । सबै ३ खेलमा गोल गरेकी उनी आज चौथो खेलमा पनि गोलसंख्या बढाउने प्रयासमा हुनेछिन् । चोटबाट पुनरागमन गरेपछि महिला लिगमा एपिएफबाट उनले सानदार पुनरागमन गरेकी छिन् ।

भारत निलम्बनमा परेपछि गोकुलम केरालाका लागि एएफसी वुमन्स क्लब च्याम्पियनसिप खेल्न नपाएकी उनले केराला लिगको एकै खेलमा ५ गोल गर्दै आफ्नो स्तर प्रमाणित गरिसकेकी छिन् । दक्षिण एसियाकै स्टारको रुपमा चर्चा पाएकी उनले अब राष्ट्रलाई उपाधि दिलाउन भने बाँकी छ । भुटानविरुद्ध खेल त्यसको सुखद सुरुवात गर्न कडी बन्न सक्छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.