3 years ago
September 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू२० एसियन कप छनोट खेल्न नेपाली युवा राष्ट्रिय फुटबल टोली बिहीबार बहराइन प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबारै नेपाली युवा टोलीलाई बिदाई गरेको थियो ।

मुख्य प्रशिक्षक मेघराज केसीले यसपटक अघिल्लो महिना साफ यू२० च्याम्पियनसिप खेल्ने टोलीको गोलरक्षकमा कुनै परिवर्तन गरेको छैन । डिफेन्समा स्यान्सु भुषाल, जान ताम्ली, राज थोकर टोलीमा पर्दा आयुष श्रेष्ठ, रोशन थापा र सोनित दाहाल बाहिरिएका छन् ।
मिडफिल्डमा मोहित गुरुङ बाहिरिदा राकेश विश्वकर्माले टोलीले स्थान बनाएका छन् । फरवार्डमा दिपेश राई बाहिरिएका छन् । यू२० एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा कतार, बहराइन, भुटान र बंगालादेश छन् । समूह चरणको खेल सेप्टेम्बर १० देखि १८ सम्म हुनेछ ।
नेपालले भुटानसँग सेप्टेम्बर १० मा खेल्दा १२ सेप्टेम्बरमा कतारसँग खेल्नेछ । आयोजक बहराइनसँग सेप्टेम्बर १४ र बंगलादेशसँग सेप्टेम्बर १८ मा खेल्नेछ । समूह विजेताले २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउने छन् ।
नेपाली टोली
ईश्वर गुरुङ, टोप बहादुर राना, जियारथ शेख, स्यान्सु भुषाल, जान ताम्ली, राज थोकर, अमर श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, श्रृजन दानी, अभिषेक वाइबा, राकेश विश्वकर्मा, सञ्जिव लामा, दिपेश गुरुङ, आशिष राई, सन्दिप कार्की, जन्मजय धामी, कृतिश रत्न छुन्जु, मनग्य नकर्मी, आयुष घलान, निरन्जन मल्ल, रोहन खड्गी र सुगम सुवाल, मेघराज केसी (मुख्य प्रशिक्षक), उज्जल मानन्धर (गोलकिपिङ प्रशिक्षक), बाल गोपाल साहुखल (सहायक प्रशिक्षक), पुरुषोत्तम थापा (हेड अफ डेलिगेसन), भगवान बहादुर दर्लामी मगर (टिम अफिसियल), लोकेन्द्र कुँवर (फिजियो) र दिवाकर घले गुरुङ (टिम म्यानेजर) र उमेश दाहाल (मिडिया अफिसर)
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]