default_image

9 years ago

December 22, 2016

बायर्न म्युनिखले लिपजिङसँगको अंक दुरी बढायो

159 views

0 Bookmark

म्युनिख (एजेन्सी)– निकटमत प्रतिद्वन्द्वि आरबी लिपजिङलाई ३–० ले हराउँदै बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा ३ अंकको अग्रता लिएको छ । १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेका लिपजिङलाई हारएपछि क्रिसमसअघि बायर्न शीर्षस्थानमा यथावत रहेको छ ।

bayern-munich

समान ३६ अंक मा रहेको अवस्थामा बायर्न र लिपजिङबीच पहिलो पटक प्रतिस्पर्धात्मक खेलमा भेट भएको थियो । थियागो अल्कान्टारा र जावी अलन्सोले गोल गरेपछि बायर्नले पहिलो हाफमै २ गोलको अग्रता लिएको थियो । लिपजिङ पहिलो हाफमै १० खेलाडीमा सिमित भएको थियो । फिलिप ल्हामलाई फाउल हानेपछि इमिल फोर्सबेर्गले ३० औं मिनेट रातो कार्ड पाउँदै मैदान छोडेका थिए ।

दोस्रो हाफमा रोर्बेटो लेवान्डवस्कीले पेनाल्टीमा गोल गरेपछि बढुवा भएकै बर्ष उच्च प्रदर्शन गर्दै आएको लिपजिङ एक महिना लामो ब्रेकमा जानुअघि साविक विजेतासँग पराजित भएको छ । जारी सिजनमा लेवान्डोवस्कीको त्यो १२ औं लिग गोल थियो ।

१६ खेलपछि बायर्नको ३९, लिपजिङको ३६ अंक छ । तेस्रो स्थानको हेराथ बर्लिनको ३० अंक छ । हेराथले ड्राम्साड्टलाई २–० ले हराएको थियो । त्यस्तै फ्राइबर्गले इन्गोलस्डाटलाई २–१ ले पराजित गर्यो । एफसी कोलोग्ने र बायर लेभरकुसन तथा होफिनहिम र वेडर ब्रेमनबीचको खेल १ –१ को बराबरीमा टुंगिएको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.