default_image

9 years ago

December 22, 2016

आठौं मिडिया कप फुटबल दशरथ रंगशालामा हुने

124 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद)– नेपाल ओलम्पिक संग्रहालयले यसै महिना आठौं मिडिया कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । दक्षिण एसियाली खेलकुद (साग) खेलकुद सूचना केन्द्रको विस्तार एवंम् सञ्चार संस्थाबीच सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यका मिडिया कप दशरथ रंगशालमा पुस २१ गते देखि माघ ५ गते सञ्चालन हुने ओलम्पिक संग्रहालयले प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।

logo

प्रतियोगितामा अन्नपूर्ण पोष्ट दैनिक, अरनिको टेलिभिजन, एभिन्यूज टेलिभिजन, इमेज च्यानल, कान्तिपुर दैनिक, कान्तिपुर टेलिभिजन, कारोबार दैनिक, नेपाल टेलिभिजन र रेडियो नेपालको सहभागिता रहने बताइएको छ ।

मिडिया कपको विजेता टोलीले उपाधिसहित ५० हजार र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही ५ हजार पाउनेछन् । हरेक खेलमा म्यान अफ दी म्याच चुनिनेछ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई गत बर्ष विनाशकारी भूकम्पमा ज्यान गुमाएका गोरखापत्र दैनिकका खेल पत्रकार तथा मिडिया कपका पूर्व खेलाडी सुमन भोम्जनको सम्झनामा सुमन भोम्जन उत्कृष्ट खेलाडी उपाधि प्रदान गरिने ओलम्पिक संग्रालयले जानकारी दिएको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.